बाँके, मंसिर २८ नेकपा एमाले बाँकेका दुईजना नेता११औँ महाधिवेशन प्रतिनिधि मनोनयन भएका छन् । नेकपा एमालेका पूर्व अध्यक्ष किस्मतकुमार कक्षपति र बुद्धिजिवी परिषद् केन्द्रीय सहसचिव कृष्ण लम्साल महाधिवेशन प्रतिनिधिका रुपमा मनोनित भएका हुन् ।

नेकपा एमालेले ११ औँ महाधिवेशनका लागि नेकपा एमालेका अध्यक्षले उनीहरुसँगै १०८ जना प्रतिनिधि मनोनयन गरेका छन् । शुक्रबार बसेको बैठकले उनीहरुलाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो । कक्षपतिलाई लुम्बिनी प्रदेश समितिले सिफारिस गरेको हो भने लम्साल नेपाल बुद्धिजीवि परिषद्बाट सिफारिस भएका हुन् ।
मनोनित १०८ जना महाधिवेशन प्रतिनिधिको सूचीप्रति पार्टीका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले असहमति जनाएका छन् । शुक्रबार बसेको सचिवालय बैठकमा मनोनित १०८ जना प्रतिनिधिको नामावली पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीच छलफल गरेर टुंगो लगाउने सहमति भएको थियो । सोही सहमति अनुसार शनिबार बिहान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष बसेर सूची अन्तिम रूप दिने कुराकानी समेत भएको बताइएको छ ।
तर उक्त सहमति विपरीत आफूलाई जानकारी नदिई एकलौटी ढंगले मनोनीत प्रतिनिधिको सूची सार्वजनिक गरिएको पोखरेलको आरोप छ । सहमतिको प्रक्रियालाई बेवास्ता गर्दै सूची प्रकाशन गरिनु पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासविपरीत भएको उनको भनाइ छ ।
एमालेको ११ औं महाधिवेशन सुरु
काठमाडौं । एमालेको ११ औं महाधिवेशन कार्यक्रम उद्घटानका क्रममा भक्तपुरको सल्लाघारीमा शनिबार दिउँसो रिमोटबाट झन्डोत्तोलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको औपचारिक उद्घाटन गरेका छन् ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासाथ एमालेको एघारौं महाधिवेशन शनिबारदेखि सुरु भएको हो । हरेक पाँच वर्षमा महाधिवेशन गर्ने विधानको व्यवस्था भए पनि यसपालि एक वर्षअघि नै आयोजना गरिएको छ । दसौं महाधिवेशन मंसिर २०७८ मा चितवनमा भएको थियो । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीति परिस्थितिमा एमाले महाधिवेशन हुन लागेको हो । नीति र विधि तय गर्ने विधान महाधिवेशन गत भदौमा भइसकेकाले यो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ ।
महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबहाक सभापति डीपी अर्याल, राप्रपा अध्यक्ष राजेनद्र लिङ्देन, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुले शुभकामना दिने कार्यक्रम दिएका छन् ।
एमालेले अहिलेसम्मकै ठूलो सभा गर्ने गर्ने दाबी गरेको छ । उसले देशभरबाट गाडी रिजर्भगरी कार्यकर्तालाई काठमाडौंमा उतारेको छ ।









