२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

आगजनी र तोडफोडमा संलग्न आरोपमा १० जना पक्राउ

कैलाली, मंसिर २८  जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको छ ।

जिल्ला अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको अरोपमा धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय आषिश भण्डारी, बैतडी जिल्ला घर भई हाल धनगढी उपमहानगर–३ बस्ने भरत बम र सोही ठाउँ बस्ने अमन केसी, वडा–७ का २७ वर्षीय एलेक्स चन्द, २१ वर्षीय लक्ष्मणबहादुर विष्ट र वडा–१ बस्ने मनोज विष्टलाई पक्राउ गरिएको हो ।

कैलाली कारागारमा तोडफोड र आगजनी गरेको आरोपमा धनगढी–२ का २८ वर्षीय गोपाल भट्ट, वडा–३ का जेम्स भन्ने सुरज कटुवाल, वडा–९ बस्ने ४० वर्षका वसन्तराज जोशी र १९ वर्षका अङ्कित सक्सेनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले फरकफरक मितिमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकामाथि आपराधिक उपद्रवको मुद्दा चलाइएको छ । जिल्ला अदालतले तोडफोड र आगजनी घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्नका लागि दिइएको जाहेरीका आधारमा प्रहरी टोलीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । आन्दोलनको क्रममा जिल्ला अदालत आगजनी र तोडफोड हुँदा भवनमा क्षति पुग्नुका साथै विभिन्न मुद्दाका मिसिल, कम्प्युटरलगायत जिन्सी सामानमा क्षति पुगेको थियो ।

कैलाली कारागारमा भएको तोडफोडका क्रममा कारागारको भौतिक संरचनामा क्षति पुग्नुका साथै त्यहाँ रहेका कैदीबन्दी फरार भएका थिए । कैलालीको भजनी नगरपालिका–९ गन्जहुवा गाउँस्थित सरस्वती सामुदायिक वन क्षेत्रको लम्की ताल छेउमा रहेको रुखको टोड्कोमा लुकाइछिपाइ राखिएको अवस्थामा बुधबार एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।