२०८३ भाद्र २८ आईतवार
२०८३ भाद्र २८ आईतवार

बढैयाताल क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

बर्दिया । बर्दियामा लागुऔषधविरुद्धको कारबाहीमा प्रहरीले १० ग्राम बढीको लागुऔषध ब्राउन सुगरसहित एक महिला गरी दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शनिबार दिउँसो  दिउँसो इलाका प्रहरी कार्यालय मैनापोखर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज, बाँकेबाट खटिएको संयुक्त टोलीले बढैयाताल गाउँपालिका–५ बढैयातालबाट ४१ वर्षीय दिनेश कुमार थारुलाई पक्राउ गरेको हो। 

हिँडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा थारुको साथबाट ११ पुडिया ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद ब्राउन सुगरको तौल ४६० मिलिग्राम रहेको बर्दिया प्रहरीले जानकारी दिएको छ।

यस्तै, सोही दिन साँझ जिल्ला प्रहरी कार्यालय बर्दिया, प्रहरी चौकी जमुनी तथा सशस्त्र प्रहरी बल (बीओपी) फुटाहबाट खटिएको संयुक्त टोलीले बढैयाताल गाउँपालिका–२ स्थित फुटाह चेकपोष्टबाट २८ वर्षीया कृष्णा खत्रीलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी खत्रीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट १ पुडिया ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। बरामद ब्राउन सुगरको तौल १० ग्राम ८० मिलिग्राम रहेको छ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेर थप आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी  कार्यालयले बर्दियाले जनाएको छ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।