२०८२ चैत्र २९ आईतवार
२०८२ चैत्र २९ आईतवार

शिक्षा आधारभूत अधिकार होः मन्त्री तिमिल्सिना

बाँके, पुस १७  बर्दियाको राजापुरस्थित कालीका माध्यमिक विद्यालय चनौरामा दुई कोठे नयाँ भवन निर्माणको कार्य औपचारिकरूपमा सुरु भएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले बुधबार एक कार्यक्रमकाबीच शिलान्यास गर्दै भवन निर्माणले विद्यालयको शैक्षिक वातावरण सुधार्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा मन्त्री तिमिल्सिनाले सरकार शिक्षालाई सबैभन्दा आधारभूत अधिकारका रूपमा लिने र ग्रामीण क्षेत्रका विद्यालयमा पूर्वाधार सबल बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको उल्लेख गरे । उनले शिक्षाको पहुँच विस्तार, गुणस्तरीय शिक्षाको सुनिश्चितता र आधुनिक शैक्षिक पूर्वाधार विकासमार्फत गाउँघरका बालबालिकालाई पनि प्रतिस्पर्धी बनाउने नीति लुम्बिनी प्रदेश सरकारले अपनाएको बताए । ‘अब ग्रामीण क्षेत्रका विद्यार्थी सहरमा गएर मात्रै राम्रो पढ्नुपर्छ भन्ने बाध्यता हटाउँदै हामी स्थानीय स्तरमै सुविधा सम्पन्न शैक्षिक वातावरण बनाइरहेका छौँ,’ मन्त्री तिमिल्सिनाले भने, ‘यो भवन केवल पर्खाल र छानामात्र होइन, यसले यहाँका बालबालिकाको भविष्य निर्माणमा महŒवपूर्ण योगदान पुर्‍याउनेछ ।’

दुई कोठे भवन निर्माण भएपछि विद्यालयमा कक्षा सञ्चालन सहज हुने, विद्यार्थीलाई पठन–पाठनमा थप सुविधा पुग्ने र सिकाइ वातावरण सुधारिने विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले बताए । विद्यालयका शिक्षकहरूले लामो समयदेखि कक्षाकोठाको अभाव झेल्दै आएको र नयाँ भवन निर्माणपछि विद्यार्थीको चाप व्यवस्थापन हुने अपेक्षा व्यक्त गरे । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक तथा विद्यार्थीको उत्साहजनक सहभागिता थियो ।

शिलान्यास कार्यक्रममा वक्ताहरूले सरकारको ध्यान ग्रामीण क्षेत्रतर्फ पुगेकोमा खुशी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न गरी भवन उपयोगमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरे । मन्त्री तिमिल्सिनाले योजना पारदर्शी तथा परिणाममुखी ढंगले कार्यान्वयन गर्न आग्रह गर्दै प्रदेश सरकार शिक्षा क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम ल्याइरहेको जानकारी पनि दिनुभयो । भवन निर्माण निर्धारित समयभित्र सम्पन्न गरिने र गुणस्तरीय निर्माणमा विशेष ध्यान दिने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

यससँगै कालीका माध्यमिक विद्यालय चनौरामा शैक्षिक पूर्वाधार सुदृढीकरणको नयाँ प्रारम्भ भएको विद्यालय समुदायले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।