२०८२ चैत्र २९ आईतवार
२०८२ चैत्र २९ आईतवार

नाटाको २९औँ वार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज, पुस २०  नेपाल क्षयरोग निवारण संस्था (नाटा) को २९औँ वार्षिक साधारणसभा शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं प्रमुख अतिथि माननीय मीना श्रेष्ठले क्षयरोग निवारणका लागि संस्थालाई प्रयोगशालाका लागि आवश्यक उपकरण उपलब्ध गराइएको जानकारी दिँदै संस्थागत विकासमा जोड दिए ।

उनले क्षयरोग जस्तो गम्भीर जनस्वास्थ्य समस्याको न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य आवश्यक रहेको बताए । नाटाकी पूर्वसभापति शान्ति श्रेष्ठले आफूले नेतृत्व हस्तान्तरण गरेपछि संस्थाले अपेक्षित गतिमा प्रगति गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरिन् । उनले संस्थालाई अझ सक्रिय, प्रभावकारी र दिगो बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याइन् ।

नाटाका पूर्वसभापति पूर्णलाल चुकेले आर्थिक स्रोतको अभावका कारण चाहेर पनि कार्यक्रम सञ्चालन गर्न कठिनाइ भइरहेको उल्लेख गरे । यद्यपि, क्षयरोगविरुद्धको अभियानमा शाखा निरन्तर सक्रिय रहेको र संस्था निष्क्रिय नभएको स्पष्ट पारे । आइएनएफ बाँकेका कार्यक्रम प्रमुख मंगल थारुले विगत लामो समयदेखि नेपाल क्षयरोग निवारण संस्थासँग सहकार्य गर्दै आएको बताउँदै आगामी दिनमा पनि हातेमालो गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सभामा आजीवन सदस्यता प्राप्त गरेका १३ जना नयाँ सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । हाल संस्थामा १ जना यशस्वी सदस्य र २१५ जना आजीवन सदस्य रहेका छन् । आगामी दिनका लागि डट्स कार्यक्रम सञ्चालन, क्षयरोगीको खोजी अभियान, विद्यालयस्तरमा जुनियर नाटा गठन, लक्षित वर्गसँग समन्वय गोष्ठी, आजीवन सदस्यता विस्तारलगायत कार्यक्रम प्रस्ताव गरिएका छन्।

नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका सभापति जनकराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नाटाकी केन्द्रीय सदस्य रचना श्रेष्ठ, निवर्तमान सभापति बदरुदीन अन्सारीलगायतले आआफ्ना धारणा राखेका थिए । सभामा संस्थाकी सहसचिव सन्ध्या शर्माले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्यामसुन्दर अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनमाथि व्यापक छलफलपछि सभाबाट पारित गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।