२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

गुल्मी–१ मा रोचक बन्दै प्रतिस्पर्धा

चुनाव जितिरहेका दुई ‘हेभिवेट’ नेता एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीलाई अहिले रास्वपाका चर्चित युवा उम्मेदवार सागर ढकाल र नेकपाका सुदर्शन बरालले कडा टक्कर दिएपछि यस क्षेत्रको निर्वाचन रोचक बन्ने देखिएको हो ।

गुल्मी, माघ १८ आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा गुल्मी–१ को प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । सधैंजसो आलोपालो चुनाव जितिरहेका दुई ‘हेभिवेट’ नेता एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका चन्द्र भण्डारीलाई अहिले रास्वपाका चर्चित युवा उम्मेदवार सागर ढकाल र नेकपाका सुदर्शन बरालले कडा टक्कर दिएपछि यस क्षेत्रको निर्वाचन रोचक बन्ने देखिएको हो ।

यस क्षेत्रमा १० दलका साथै ११ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धा चार दलका उम्मेदवारबीच देखिँदैछ । एमालेका ज्ञवाली, कांग्रेसका भण्डारी, रास्वपाका ढकाल र नेकपाका बरालबीच यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । कांग्रेसका भण्डारी र एमालेका ज्ञवालीबीच यसअघि रोचक बनिरहेको निर्वाचन यसपटक भने रास्वपाका ढकाल र अर्का उम्मेदवार बराल थपिएपछि प्रतिस्पर्धा सहजै अनुमान गर्न नसकिने स्थितिमा पुगेको हो ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याई विजयी भएका थिए । भण्डारीले निकटतम् प्रतिद्वन्द्वी एमालेका ज्ञवालीलाई १ हजार ५ सय ९२ मतान्तरले पराजित गरेका थिए । पराजित ज्ञवालीले ३२ हजार १ सय ५२ मत ल्याएका थिए । त्यतिबेला तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेसलाई सघाएका थिए ।

यस क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत समानुपातिक तर्फ हेर्ने हो भने एमालेले २८ हजार ४ सय ५३, कांग्रेसले २३ हजार ४ सय १३, राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार १ सय १६ र तत्कालीन नेकपा माओवादी केन्द्र अर्थात् हालको नेकपाले ६ हजार २ सय ५७ मत पाएको थियो ।हाल यस क्षेत्रमा १ लाख २२ हजार १ सय ८६ मतदाता रहेका छन् । रोचक प्रतिस्पर्धा हुने अनुमानका बीच कसको पक्षमा नतिजा आउला, अहिले यसै भन्न सकिने स्थिति छैन ।
यो खबर कान्तिपुर दैनिकमा प्रकाशित छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।