२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

डोल्पाका विकट वडामा मात्र ४० मतदाता

डोल्पा, माघ १८  हिमाली जिल्लाका डोल्पाका केही वडामा मतदाता संख्या अत्यन्तै कम रहेको छ । शे–फोक्सुण्डो गाउँपालिका ६ फोत वडामा मात्रै ४० जना मतदाता रहेका छन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि फोत वडाको मतदान केन्द्रमा पुरुष २१ र महिला १९ गरी कुल ४० मतदाता नामावली कायम भएको जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

डोल्पामा कम मतदाता हुने अन्य वडामा बुद्व गाउँपालिका २ कलाङमा ६४ मतदाता, शे–फोक्सुण्डो गाउँपालिका ७ कु वडामा ९६ मतदाता र छार्काताङ्सोङ् गाउँपालिका २ पुङ्दाबगरमा ८३ मतदाता रहेका छन् । जिल्ला भरी ६८ वटा मतदान केन्द्र छन् । तीमध्ये सबैभन्दा कम मतदाता फोत वडामा र सबैभन्दा धेरै मतदाता ठूलीभेरी नगरपालिका ६ थरगाउँमा रहेका छन् । थरगाउँमा ९ सय ३८ मतदाता रहेका छन् भने त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा ८ सय ९९ मतदाता छन् ।

उपल्लो डोल्पाका तीनवटा पालिका अझै राष्ट्रिय सडक सञ्जालमा जोडिएका छैनन् । त्यसकारण सदरमुकाम दुनैबाट ती वडाहरू पुग्नै एक सातासम्म समय लाग्ने गर्दछ । भौगोलिक रुपमा अत्यन्तै विकट भएकाले कतिपय वडामा एक वडाबाट अर्को वडामा पुग्न दुई दिनसम्म लाग्ने गरेको छ ।

निर्वाचन तयारी र मतदाता सूचिका तथ्याङ्कले यो क्षेत्रको चुनौती देखाउँछ । विकट भौगोलिक स्थिति र कम जनसंख्या भएका वडाहरूमा निर्वाचन प्रक्रियाको सञ्चालन कठिन हुने छ । निर्वाचन अधिकृतहरूले भने, ‘विकटता र मौसमको कारण मतदाता र मतदान सामग्री पहुँचाउन थप व्यवस्था मिलाइरहेका छौँ ।’

डोल्पाका यी वडाहरूमा सानो मतदाता संख्या हुँदा मतदान केन्द्रहरू सञ्चालनमा सजिलो भए पनि प्रशासनिक र भौगोलिक चुनौतीहरू उच्च छन् । मतदानका लागि पुग्ने मतदाताको संख्या सीमित भए पनि निर्वाचन आयोगले सम्पूर्ण मतदाता पहुँच सुनिश्चित गर्न विशेष तयारी गरिरहेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।