२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

कांग्रेस उम्मेदवार कोइरालासँग डुडुवाबासीको आशा र अपेक्षा

बाँके(डुडुवा), फागुन १  नेपाली कांग्रेसको तर्फबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालासँग डुडुवा गाउँपालिका क्षेत्रका सर्बसाधारण नागरिकले विभिन्न आशा र अपेक्षा राखेका छन् । बाँके, क्षेत्र नम्बर २ अन्तरगत डुडुवा गाउँपालिका वडा नम्बर २ को बेतहनी, पिप्रहवा र पूर्वबाढी गाउँमा शुक्रबार(आज) मतदाता भेटघाट गर्न पुगेका उम्मेदवार कोइरालासँग सर्बसाधारण नागरिकले बर्खायाममा हुने डुबान, कटान समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे ।

यस्तै उनीहरुले किसानका लागि आवश्यक पर्ने सिंचाइँ, मल, बीउ समयमै उपलब्ध गराउनका लागि पहल गरिदिन अनुरोध पनि गरेका छन् । मतदाता भेटघाटका क्रममा उक्त गाउँका स्थानीय बासिन्दाले उम्मेदवार कोइरालालाई घर–घरमा स्वागत गर्दै जितको अग्रिम शुभकामना दिएका थिए ।

मतदाता भेटघाटका क्रममा उम्मेदवार कोइरालाले स्थानीय बासिन्दाले उठाएका मागलाई आफु निर्वाचित भएपछि सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । ‘मलाई अहिले निर्वाचित गराएर पठाउनुस्, म निर्वाचित भएर गएपछि तपाईले उठाएका मागहरु सम्बोधन गर्नका लागि आवश्यक पहल गर्नेछु,’ उनले भने, ‘म अहिले जस्तो छु, भोलि सांसद भएपछि पनि यस्तै तपाईहरुसँगै सर–सल्लाह गरेर अगाडी बढ्नेछु ।

मतदाता भेटघाटका क्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु, स्थानीय बासिन्दा लगायतको सहभागिता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।