२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

४७ जना उम्मेदवारको जमानत जफत

नेकपा, राप्रपालगायतका दलले पनि जमानत जोगाउन सकेनन् । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । यही व्यवस्थाअनुसार यसपटकको निर्वाचनमा बाँकेका अधिकांश उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत गुमाएका छन् । ५६ उम्मेदवारमध्ये तीनजना उम्मेदवार विजयी भए भने ६ जना उम्मेदवारले जमानत जोगाएका छन् । बाँकेमा ४७ जना उम्मेदावरको धरौटी जफत भएको छ ।

 

नेपालगन्ज, फागुन २६  प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा ठूलो संख्यामा उम्मेदवारको जमानत जफत भएको छ । यहाँको तीनवटा निर्वाचन क्षेत्रमा ५६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । तिमध्ये ४७ जना उम्मेदवारको जमानत जफत भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । यही व्यवस्थाअनुसार यसपटकको निर्वाचनमा बाँकेका अधिकांश उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत गुमाएका छन् । ५६ उम्मेदवारमध्ये तीनजना उम्मेदवार विजयी भए भने ६ जना उम्मेदवारले जमानत जोगाएका छन् । बाँकेमा ४७ जना उम्मेदावरको धरौटी जफत भएको छ ।

निर्वाचन परिणाम अनुसार बाँके क्षेत्र नम्बर १ मा कुल १ लाख २४ हजार ७२७ मतदाता थिए । तीमध्ये ७४ हजार ९ सय ९२ मत खसेको थियो भने ७० हजार ९ सय ७ मत सदर भएको थियो । यस निर्वाचन क्षेत्रमा जमानत जोगाउन कम्तीमा ७ हजार ९ सय ७ मत आवश्यक पर्ने थियो । तर प्रतिस्पर्धामा उत्रिएका ११ जना उम्मेदवारले उक्त मत संख्या पार गर्न सकेनन् । नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रसाद गौडेल र नेकपा एमालेका सूर्य ढकालले मात्र धरौटी जोगाए । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार नरेन्द्रप्रसाद पाण्डेले ६ हजार ३३ मत प्राप्त गरे पनि आवश्यक मत नपुग्दा उनको जमानत जफत भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदीपकुमार शाहले ३ हजार २३४ मत प्राप्त गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसीले १ हजार २४० मत ल्याइन् भने श्रम संस्कृति पार्टीका भरत निधि तिवारीले ४६३ मत पाए ।

उज्यालो नेपाल पार्टीका धनबहादुर खड्काले २४६ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का दीपक बुढाथोकीले १८६ मत ल्याउँदा राष्ट्रिय जनमोर्चाका तुलसीराम सापकोटाले १२६ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी नेपालका राजेन्द्र कुमार विश्वकर्माले ८४ मत पाउँदा नेपाल मजदुर किसान पार्टीकी सुर्जा थापाले ५६ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार दिवाकर शर्माले ३९ मत प्राप्त गर्दा मंगोल नेशनल अर्गनाइजेसनका फेरुलाल चौधरीले १२ मत मात्रै प्राप्त गरेका छन् । यसरी यी ११ जना उम्मेदवारले आवश्यक मत कटाउन नसक्दा उनीहरुको जमानत जफत भएको छ ।

बाँके क्षेत्र नम्बर २ मा पनि अवस्था लगभग उस्तै देखिएको छ । यस क्षेत्रमा १ लाख ८ हजार २ सय ९० मतदाता रहेका थिए । तीमध्ये ७२ हजार ७ मत खसेको थियो भने ६६ हजार ७ सय १ मत सदर भएको थियो । यहाँ जमानत जोगाउन कम्तीमा ६ हजार ६ सय ७० मत आवश्यक पर्ने थियो । यस निर्वाचन क्षेत्रमा २० जना उम्मेदवार थिए । नेकपा एमालेका उम्मेदवार मोहम्मद ईश्तियाक राई विजयी भ एभने राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ र नेपाली कांग्रेसका सधान्सु कोइरालाले जमानत जोगाएका छन् । अध्ये १७ जनाले भने जमानत जोगाउन सकेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका ऋषिराज देवकोटाले १ हजार ७२३ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका दिपेन्द्र बिष्टले १ हजार ४५६ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी नेपालका कमरुद्दीन राईले ९०८ मत पाएका छन् भने राष्ट्रिय जनमत पार्टीका इरफान अहमद शेखले ७७५ मत प्राप्त गरेका छन् ।

जनमत पार्टीका मो. आजाद साईले २१० मत प्राप्त गर्दा श्रम संस्कृति पार्टीका रामचरण चौधरीले १३६ मत ल्याएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महेन्द्र प्रकाश चन्दले १२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय एकता दलका सिताराम यादवले ९४ मत पाएका छन् । उज्यालो नेपाल पार्टीका शैलेन्द्र कुमार कर्णले ९१ मत प्राप्त गरेका छन् । आम जनता पार्टीका अब्दुल उमर साईले ६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमोर्चाका जगदीश ढकालले ५४ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार मनोज कुमार चौधरी र सौभाग्य जंग शाहले समान ३९–३९ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीका प्रकाश शाहले ३६ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका माजिद अली शेषले ३० मत पाएका छन् । जय मातृभूमि पार्टीका गोपाल प्रसाद गिरीले २७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार विपेन्द्र लामा तामाङले १२ मत मात्रै प्राप्त गरेका छन् । आवश्यक मत प्राप्त गर्न नसक्दा यस क्षेत्रमा पनि प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारको जमानत जफत भएको छ ।

बाँके क्षेत्र नम्बर ३ मा भने मुख्य प्रतिस्पर्धी उम्मेदवारले उल्लेख्य मत प्राप्त गरेका छन् । यस क्षेत्रमा १ लाख १७ हजार ३ सय ५४ मतदाता रहेका थिए । तीमध्ये ७४ हजार ३ सय १० मत खसेको थियो भने ७० हजार २ सय ५९ मत सदर भएको थियो । यहाँ जमानत जोगाउन कम्तीमा ७ हजार २५ मत आवश्यक थियो । यस निर्वाचन क्षेत्रमा २२ जना चुनावी प्रतिस्पर्धामा थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार २९ हजार ५५१ मतसहित विजयी भएका छन् । नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । यी तीन उम्मेदवारले मात्र आवश्यक मत प्राप्त गर्दै आफ्नो जमानत जोगाएका छन् ।
अन्य उम्मेदवारमध्ये नेपाल कम्युनिष्ट पार्टीका दीपक कुमार गौरी मगरले ४ हजार १५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तारक सिंह थारुले १ हजार ९१२ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ध्रुवराज थारुले ४७४ मत ल्याउँदा जनमत पार्टीका फिरोज खाँले ४६९ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका ओमकार थापा मगरले ३३९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाका मनबहादुर सुनारले ११४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का चन्द्रवीर कामीले १०६ मत प्राप्त गरेका छन् । आम जनता पार्टीकी बिधा शर्माले ९५ मत प्राप्त गर्दा राष्ट्रिय जनमत पार्टीका मुबारक अली दर्जीले ८१ मत पाएका छन् । जनता समाजवादी पार्टी नेपालका सूर्यलाल यादवले ७५ मत ल्याएका छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद भण्डारीले ४८ मत प्राप्त गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका भुमी महत्ताराले ४२ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेसनका मनोज कुमार थारुले ३७ मत प्राप्त गरेका छन् । मितेरी पार्टी नेपालका रुप कुमार चन्दले १७ मत पाउँदा स्वतन्त्र उम्मेदवार चेतबहादुर वली र सूर्य प्रसाद रेग्मीले समान १६–१६ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार भगवती शाहले १२ मत प्राप्त गर्दा भिमबहादुर सुनारले ११ मत र पदमबहादुर घर्ती मगरले ८ मत मात्रै प्राप्त गरेका छन् । आवश्यक मत कटाउन नसकेपछि यी सबै उम्मेदवारको जमानत जफत भएको छ । यसपटक बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा धेरै उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि मतदाताको समर्थन मुख्य दल र प्रभावशाली उम्मेदवारतर्फ केन्द्रित भएको देखिएको छ । त्यसका कारण साना दल र स्वतन्त्र उम्मेदवारले उल्लेख्य मत प्राप्त गर्न नसक्दा ठूलो संख्यामा उम्मेदवारको जमानत जफत भएको निर्वाचन परिणामले देखाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।