नेपालगन्ज चैत १० गते बाँकेको कोहलपुर क्षेत्रमा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार कोहलपुर नगरपालिका–२ बर्दहवाबाट ४ ग्राम १९० मिलिग्राम ब्राउन सुगरसहित २१ वर्षीय सत्य नारायण थारुसहित दुई जनालाई गएराति पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेपछि नियन्त्रणमा लिएको प्रहरी प्रधानले जनाएको छ ।
पक्राउ परेका दुवैमाथि इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध सम्बन्धि कसूरमा थप अनुसन्धान अगाडि बढाएको छ ।





















