कोहलपुर, चैत ११ गते लुम्बिनी प्रदेश सरकारले चैत १२ गते बिहीबार चैते दसैं (शुक्ल अष्टमी) का अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत लक्ष्मण भण्डारीले चैत ९ गते जारी गरेको सूचनामा बिदा दिने निर्णयको जानकारी गराइएको हो । यस निर्णयलाई प्रदेश राजपत्र भाग ३, खण्ड ६, संख्या १४ मा प्रकाशित गरिएको छ ।





















