२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

लुम्बिनी क्षेत्रमा प्रयोगविहीन बस नेपालगन्जमा सञ्चालन गर्ने तयारी

कोहलपुर, चैत २९  पाँच वर्षदेखि लुम्बिनी क्षेत्रमा प्रयोगविहीन अवस्थामा थन्किएका विद्युतीय बसहरूलाई अब मुलुकका अन्य विमानस्थलमा सञ्चालन गर्ने तयारी गरिएको छ । पर्यटन मन्त्रालयको हालैको सचिवस्तरीय निर्णयअनुसार ती बसहरूलाई नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा, सुर्खेत, नेपालगन्ज र धनगढी विमानस्थलमा पठाइने भएको हो ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकका लागि प्रयोग गर्ने उद्देश्यले एसियाली विकास बैंकको अनुदानमा प्राप्त पाँच वटा विद्युतीय बस र १४ वटा भ्यान करिब पाँच वर्षअघि ल्याइएको थियो । बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रदूषणमुक्त क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुसार ल्याइएका ती सवारीसाधन उचित सञ्चालन कार्यविधि, व्यवस्थापन र मर्मत अभावका कारण लामो समयसम्म खुला आकाशमै थन्किएका थिए ।

हालैको निर्णयपछि ती बसहरूलाई लुम्बिनी विकास कोषले भैरहवास्थित  न्बगतब द्यगममजब क्ष्लतभचलबतष्यलब िब्ष्चउयचत मा स्थानान्तरण गरेको छ । कोषका अनुसार अब पाँचमध्ये दुई वटा बस उक्त विमानस्थलमा शटल सेवाका रूपमा सञ्चालन गरिनेछ भने बाँकी बसहरू पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढी विमानस्थलमा एक–एक वटा गरी पठाइने तयारी छ ।

तर, भैरहवा विमानस्थलका अधिकारीहरूले भने उक्त बसहरूलाई स्थानीय रूपमा नै प्रयोग गर्नुपर्ने तर्क गरेका छन् । विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार विमानस्थलमै शटल सेवाका रूपमा कम्तीमा दुई वटा बस सञ्चालन गर्नु उपयुक्त हुने सुझाव दिइए पनि सबै बस बाहिर पठाउने निर्णय भएको हो । यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै शटल सेवा सञ्चालन गर्ने प्रस्तावसमेत आएको थियो । तर मन्त्रालयले अन्य विमानस्थललाई प्राथमिकता दिँदै निर्णय गरेपछि स्थानीय तहमा असन्तुष्टि देखिएको छ ।

लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रदूषण न्यूनीकरणका लागि ल्याइएका यी सवारीसाधन पाँच वर्षसम्म प्रयोगविहीन रहँदा करिब १३ करोड रुपैयाँ बराबरको लगानी निष्क्रिय बनेको छ । कोषका अनुसार लामो समय घाम–पानीमा थन्किँदा अधिकांश बसका एसी प्रणाली र अन्य महत्त्वपूर्ण पार्टपूर्जा बिग्रिएका छन् । मर्मतका लागि मात्रै करिब एक करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । केही भ्यानहरू पनि खराब अवस्थामा ग्यारेजमै थन्किएका छन् भने केही भ्यानहरू कोषका कर्मचारी तथा पदाधिकारीले प्रयोग गर्दै आएको भन्दै दुरुपयोगको आलोचना समेत भइरहेको छ ।

सरकारी अनुदानबाट खरिद गरिएका अत्याधुनिक विद्युतीय सवारीसाधन उचित व्यवस्थापन अभावका कारण अलपत्र पर्नु र अहिले पुनः स्थानान्तरण गरिनु योजनागत कमजोरीको उदाहरण बनेको सरोकारवालाहरूको टिप्पणी छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।