२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

राँझा विमानस्थलमा निःशुल्क ‘सटल बस सेवा’ सुरु, यात्रुलाई सहज

नेपालगञ्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगञ्जस्थित राँझा विमानस्थलबाट निःशुल्क ‘सटल बस सेवा’ सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार विमानस्थल परिसरदेखि करिब डेढ किलोमिटर दूरीमा रहेको राँझा चोकसम्म यात्रुलाई ओसारपसार गर्न आज बिहानदेखि सटल बस सेवा सुरु गरिएको हो । उक्त बसले विमानस्थलमा आउने तथा त्यहाँबाट प्रस्थान गर्ने यात्रुलाई लक्षित गरी नियमित रूपमा सेवा दिने जनाएको छ । सटल बस सेवा भनेको छोटो दूरीमा निश्चित स्थानबीच बारम्बार आवतजावत गर्ने बस सेवा हो ।

सेवा सुरु भएको पहिलो दिनमै काठमाडौँबाट आएका बुद्ध एयरका यात्रुलाई सटल बसमार्फत राँझा चोकसम्म पुर्‍याइएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यस सेवाले यात्रुलाई सहज, सुरक्षित तथा व्यवस्थित यातायात सुविधा उपलब्ध गराउने विश्वास गरिएको विमानस्थल कार्यालयले जनाएको छ । यसैबीच आजदेखि अत्याधुनिक नयाँ टर्मिनल भवन पनि सञ्चालनमा आएको छ । आजबाट काठमाडौंबाट आउने यात्रुलाई नयाँ टर्मिनल भवनबाट बाहिर ल्याइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।