२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

अधिकारकर्मी रुबि खान पक्राउ

नेपालगन्ज, वैशाख १६  भेरी अस्पतालले उपचाररत एक ६२ वर्षीया बिरामीको मृत्यु प्रकरणबारे स्पष्टोक्ति दिँदै उपचार प्रक्रियामा कुनै लापरबाही नभएको दाबी गरेको छ । अस्पतालले दीर्घरोग, बहुजटिल स्वास्थ्य अवस्था र नियन्त्रण बाहिरका चिकित्सकीय कारणले मृत्यु भएको भन्दै आफूमाथि लगाइएका आरोप अस्वीकार गरेको हो ।

अस्पतालका अनुसार बैजनाथ–६, बाँके निवासी ती महिला पेट तथा छातीसम्बन्धी समस्या लिएर २०८३ वैशाख ६ गते अस्पताल भर्ना भएकी थिइन् । उनलाई ग्यास्ट्राइटिस, हाइपोथाइराइडिज्म, उच्च रक्तचाप र टाइप–२ मधुमेहजस्ता दीर्घरोगसमेत रहेको थियो । उपचारका क्रममा मुटुसम्बन्धी जटिलताको सम्भावना देखिएपछि कार्डियोलोजिस्टको निरन्तर निगरानीमा राखिएको तथा इसिजी, इको र कार्डियाक इन्जाइम लगायतका परीक्षण पटक–पटक गरिएको अस्पतालले जनाएको छ । अस्पतालले बहुविधागत उपचार प्रणाली अपनाउँदै ग्यास्ट्रोलोजिस्ट र मनोरोग विशेषज्ञको समेत परामर्श लिएको जनाएको छ । तर सबै स्थापित चिकित्सा विधि अपनाउँदा पनि स्पष्ट निदान कठिन भएको अवस्थामा २०८३ वैशाख ११ गते ‘क्रस ओपिनियन’ का लागि अन्यत्र रिफर गरिएको थियो ।

तर बिरामीको अवस्थामा केही सुधार देखिएपछि उपचार अस्पतालमै जारी राखिएको र सोही क्रममा २०८३ बैशाख १३ गते अचानक अवस्था बिग्रिँदा मृत्यु भएको अस्पतालको भनाइ छ । घटनापछि बिरामीका आफन्तसँग छलफल गरी उपचार प्रक्रियाबारे जानकारी दिइएको र वैशाख १४ गते सांसद खगेन्द्र सुनार, पूर्वराज्यमन्त्री दलबहादुर सुनार तथा अस्पताल प्रशासनबीच पुनः विस्तृत छलफल भएको उल्लेख गरिएको छ । सो छलफलमा चिकित्सकीय सीमितता र जटिल रोगका कारण यस्ता घटना हुनसक्ने प्रष्ट पारिएको अस्पतालले जनाएको छ । अस्पतालले यदि उपचारमा नियतवश त्रुटि भएको प्रमाणित भएमा कानुनी बाटो अपनाउन सकिने स्पष्ट पारेको छ । तर दबाबका आधारमा लापरवाही स्वीकार नगर्ने अडान पनि दोहोर्‍याएको छ । यसैबीच, २०८३ बैशाख १५ गते बिहान करिब १०ः३० बजे मृतकका आफन्त तथा आफूलाई पत्रकार बताउने केही व्यक्तिहरू अस्पताल प्रमुखको कार्यकक्षमा प्रवेश गरी मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीमाथि गालीगलौज, धम्की र आक्रमण प्रयास गरेको अस्पतालले जनाएको छ । त्यसैगरी, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेमाथि सामाजिक सञ्जालमार्फत आक्रमणको धम्की आएको भन्दै अस्पतालले गम्भीर आपत्ति जनाएको छ ।

अस्पताल प्रशासनले यस्ता घटनाले स्वास्थ्यकर्मीको मनोबलमा गम्भीर असर परेको बताउँदै ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । साथै, सामाजिक सञ्जालमा फैलाइएका अनर्गल आरोप, धम्की र गलत प्रचारप्रति अस्पतालले आपत्ति जनाउँदै यसले चिकित्सक–बिरामी सम्बन्ध र सामाजिक सद्भावमा असर पार्ने चेतावनी दिएको छ । अस्पतालले यस्ता दबाब र असुरक्षाका कारण केही सेवा प्रभावित हुन सक्ने संकेत गर्दै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । अन्त्यमा, भेरी अस्पताल सधैं बिरामीको जीवनरक्षा र उपचारमा समर्पित संस्था भएको उल्लेख गर्दै चिकित्सकहरूको उद्देश्य बिरामीलाई निको पार्नु नै रहेको स्पष्ट पारेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।