२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

उज्बेकिस्तानको डेब्यु खेलमा कोलोम्बियाको प्रभावशाली जित

काठमाडौं, असार ४ गते ।  फिफा विश्वकप फुटबल प्रतियोगितामा कोलोम्बियाले उज्बेकिस्तानलाई ३–१ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा समूह ‘के’ अन्तर्गत भएको प्रतिस्पर्धात्मक खेलमा कोलोम्बियाले अन्तिम समयसम्म आक्रामक प्रदर्शन गर्दै तीन अंक हात पारेको हो। खेलको इन्जुरी समयमा जामिन्टोन क्यामपाजले गोल गरेपछि कोलोम्बियाको जित सुनिश्चित भएको थियो।

कोलोम्बियाले पहिलो अग्रता खेलको ४०औँ मिनेटमा डेनियल मुनोजको गोलमार्फत लिएको थियो। पहिलो हाफमा १–० ले अघि रहेको कोलोम्बियाविरुद्ध उज्बेकिस्तानले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनको प्रयास गर्‍यो। उज्बेकिस्तानका अब्बोसबेक फायजुलिभले ६०औँ मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

तर बराबरी धेरै समय टिक्न सकेन। कोलोम्बियाका कप्तान लुइस डियाजले ६५औँ मिनेटमा गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। त्यसपछि उज्बेकिस्तानले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन। खेलको ९० प्लस ९ मिनेटमा क्यामपाजले अर्को गोल थप्दै कोलोम्बियाको जित ३–१ मा सुरक्षित बनाए।

विश्वकपमा पहिलोपटक सहभागिता जनाएको एसियाली राष्ट्र उज्बेकिस्तानले डेब्यु खेलमै संघर्षपूर्ण प्रदर्शन गरे पनि अंक बटुल्न सकेन। सन् २००६ मा इटालीलाई विश्वकप उपाधि दिलाउँदा कप्तान रहेका फाबियो कानाभारो हाल उज्बेकिस्तानका मुख्य प्रशिक्षक छन्।

जितसँगै कोलोम्बियाले समूह चरणमा महत्वपूर्ण तीन अंक जोडेको छ भने उज्बेकिस्तानले आगामी खेलबाट पुनरागमन गर्ने चुनौती सामना गर्नुपर्ने भएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।