सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–३ पिमखोलास्थित रिठाबोट टोलनजिकै सकेट बम फेला परेको छ। स्थानीयले घाँस काट्ने क्रममा बाँसको झ्याङनजिकै बम देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बम फेला परेको सूचना प्राप्त भएपछि प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले सकेट बम फेला परेको स्थानमा प्रहरी र सेनाको टोली पुगिसकेको जानकारी दिए। उनका अनुसार बम निष्क्रिय पार्ने तयारी भइरहेको छ।
बम कुन समयमा र कसले त्यहाँ राखेको हो भन्नेबारे भने खुल्न सकेको छैन।


















