२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

वन्यजन्तुको जोखिम न्यूनीकरण गर्न कांग्रेसको माग

कोहलपुर, पुस २७  बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणका कारण स्थानीय नागरिकको जीवन जोखिममा परेको विषयमा नेपाली कांग्रेस, क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ ले गम्भीर ध्यानाकर्षण गराएको छ । निकुञ्ज आसपासका बस्तीमा पछिल्लो समय बाघको आक्रमण बढ्दै जाँदा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति रोक्न ध्यानाकर्षण गराएको हो ।

पाँच दिनअघि राप्तीसोनारी गाउँपालिका–१, सौरीका ६३ वर्षीय मरिचमान भण्डारी बाघको आक्रमणबाट मृत्यु हुनु यसै घटनाक्रमको सबैभन्दा दुर्भाग्यपूर्ण घटना मानिएको छ । नेपाली कांग्रेस क्षेत्रीय समितिका सभापति पोषण केसीले भने, ‘मानिसको शिकार गर्दै हिँडिरहेको बाघको तत्काल पहिचान गरी नियन्त्रणमा लिने र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने आवश्यक छ । साथै भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन दीर्घकालीन, वैज्ञानिक मापदण्डमा आधारित व्यवस्थापन योजना लागू गर्न जरुरी छ ।’ उनले स्व. भण्डारीको परिवारलाई कानुन बमोजिम तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायमा आवश्यक पहल गर्न पनि आग्रह गरे ।

क्षेत्रीय सचिव खुम बस्नेतले बाघ आक्रमणको घटनालाई अत्यन्तै चिन्ताजनक विषयको रुपमा व्याख्या गर्दै भने, ‘स्थानीय समुदाय निरन्तर त्रसित छन् । निकुञ्ज वरपर बसोबास गर्ने नागरिकहरू ढुक्क, सुरक्षित र निर्भीकरूपमा बाँच्न पाउनु हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । यसका लागि प्रशासनिक निकायसँग सहकार्य गर्दै तत्काल र दीर्घकालीन उपाय अपनाउन हामी जोडदार माग गर्छौं ।’
बस्नेतले थपे, ‘सुरक्षा उपाय नअपनाउँदा ज्यान गुमाउने घटना बढ्नेछ । केवल नियन्त्रणमा लिने मात्र पर्याप्त छैन, शिक्षित जनचेतना, सुरक्षित बाटो, र निगरानी प्रणाली पनि आवश्यक छ । यो मानव सुरक्षा र राष्ट्रिय निकुञ्जको दुवै पक्षको हितमा अत्यावश्यक छ ।’ जिल्ला प्रशासन कार्यालय, बाँके राष्ट्रिय निकुञ्जले पनि यस घटनाप्रति ध्यानाकर्षण पाएको जनाएको छ । स्थानीय प्रशासन र वन विभागसँग सहकार्य गर्दै प्रभावित क्षेत्रका नागरिकहरूको सुरक्षा सुनिश्चित गर्ने उपाय तुरुन्त लागू गर्नुपर्नेमा नेपाली कांग्रेस जोड दिइरहेको छ ।

यसै सन्दर्भमा पार्टीले बाघ र अन्य जंगली जनावरबाट हुने मानव क्षतिको रोकथामका लागि वैज्ञानिक अध्ययनमा आधारित प्रभावकारी योजना कार्यान्वयन गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।