२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

बैजनाथमा थारु बडघर र चौकीदारलाई साइकल वितरण

कोहलपुर, चैत १७  बाँकेको बैजनाथ गाउँपालिकाले थारु समुदायका बडघर र चौकीदारलाई उनीहरूको दैनिक कामकाज सहज बनाउन साइकल वितरण गरेको छ । गाउँपालिकाले यसका लागि चार लाख रुपैयाँ खर्च गरेको जनाएको छ ।

बैजनाथ गाउँपालिकाका प्रशासन शाखा प्रमुख तप्तराज आचार्यका अनुसार, यस वर्ष वडा १ देखि ८ सम्मका ३६ वटा टोलमा रहेका थारु समुदायका बडघर र चौकीदारलाई वार्षिक बजेटमार्फत ३६ वटा साइकल वितरण गरिएको हो । उनले भने, ‘साइकल वितरणले बडघर र चौकीदारले आफ्नो क्षेत्रमा सजिलै हिँडडुल गर्न र समुदायमा उत्पन्न हुने विवाद समाधान गर्न सहयोग पुग्नेछ ।’

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले पनि बडघर र चौकीदारको भूमिकालाई महत्व दिँदै भने कि, ‘थारु समुदायमा विवाद समाधान र सामुदायिक समन्वयका लागि बडघर र चौकीदारको गतिविधि आवश्यक छ । हिँडडुलमा सजिलो हुने गरी साइकल वितरण गरिएको हो ।’ थारु समुदायमा परम्परागत रूपमा बडघर र चौकीदारलाई विवाद समाधानका लागि महत्वपूर्ण भूमिका दिइन्छ । उनीहरूले स्थानीय स्तरमा विवादलाई सुल्झाउने, समुदायको कानुनी र सामाजिक समस्या समाधान गर्न सहयोग गर्ने र स्थानीय परम्परागत नियम–कानुन कार्यान्वयनमा सहजीकरण गर्ने गर्छन् । गाउँपालिकाले साइकल वितरणपछि उनीहरूको गतिविधि अझ सहज र प्रभावकारी हुने अपेक्षा गरेको छ ।

बैजनाथका बडघरहरूले पनि साइकल पाउँदा आफूहरूलाई काममा धेरै राहत पुगेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘हामीले पहिले पैदल हिँडेर टोलटोल पुग्ने गर्थ्यौं । अब साइकल पाएपछि छिटो पुग्ने र समुदायको सेवा अझ प्रभावकारी रूपमा गर्न सक्ने भएका छौं ।’ थारु समुदायले हरेक वर्ष माघीको अवसरमा बडघर र चौकीदारको छनोट गर्ने प्रचलन रहेको छ । गाउँपालिकाको यस पहलले परम्परागत भूमिकालाई प्रोत्साहन गर्दै स्थानीय विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

गाउँपालिकाको यस प्रकारको पहलले समुदायमा सामाजिक एकता र परम्परागत संरचनाको महŒवलाई अझ मजबुत बनाएको छ । बडघर र चौकीदारले साइकलको सहायताले गाउँगाउँमा पुगेर समुदायमा शान्ति र समन्वय कायम गर्न अझ सक्रिय हुने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।