२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

राप्तीसोनारी गाउँपालिकामा ७ दिने दुना टपरी बनाउने तालिम सुरु

राप्तीसोनारी, चैत २०  स्थानीय महिला र युवालाई स्वरोजगारमा जोड्ने उद्देश्यले आयोजित ७ दिने दुना टपरी बनाउने तालिम विहिबार राप्तीसोनारी गाउँपालिकामा सुरु भएको छ । तालिमको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारुले गरेकी थिइन् ।

यस तालिम घरेलु तथा साना उद्योग कार्यालय, नेपालगन्ज ८० प्रतिशत र अशोक सामुदायिक वन उपभोक्ता समूह, राप्ती सोनारी–२, बाँके २० प्रतिशत आर्थिक सहयोगमा सञ्चालन भएको हो । तालिम सञ्चालनको समन्वय र व्यवस्थापन राप्तीसोनारी गाउँपालिका कार्यालयले गरेको छ । अशोक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भगानुसिंह थारुको अध्यक्षतामा कार्यक्रम व्यवस्थापनसमेत गरिएको थियो ।

तालिममा स्थानीय २५ जना महिला र युवाहरू सहभागी छन् । तालिममा कच्चा पदार्थको छनोट, उत्पादन प्रविधि, डिजाइन, गुणस्तरीय उत्पादन र बजार व्यवस्थापनसमेतको व्यावहारिक प्रशिक्षण दिइएको छ । सहभागीहरूले प्रत्यक्ष अभ्यासमार्फत उत्पादन क्षमतामा वृद्धि गर्ने अवसर पाएका छन् ।

तालिम आयोजकहरूले उत्पादनलाई व्यवस्थित बजारमा पुर्‍याउने, सहकारीमार्फत बिक्री व्यवस्थापन गर्ने र गुणस्तरीय उत्पादनमा जोड दिने योजना अघि सारेका छन् । गाउँपालिका अधिकारीहरूले यस्तो तालिमलाई नियमित गर्दै महिला, युवा र स्वरोजगारमा जोडिने समूहलाई लक्षित गर्ने योजना रहेको जानकारी दिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।