अनुगमन तथा निरीक्षण कार्यक्रममार्फत पशु फर्म, भेटेरिनरी सेवा र एग्रो व्यवसायहरूको नियमित अनुगमन भइरहेको छ । यसले सेवा गुणस्तर सुधार गर्न मद्दत पुगेको शाखाको दाबी छ । किसानहरूको अनुभव आदानप्रदानका लागि कृषक भ्रमण कार्यक्रम पनि सञ्चालन गरिएको छ । सफल कृषि तथा पशुपालन अभ्यासहरू सिक्ने अवसर यसले प्रदान गरेको छ । दुग्ध उत्पादन प्रवद्र्धनका लागि मिल्क क्यान तथा डी–फ्रिज उपकरणमा ५० प्रतिशत अनुदान दिइएको छ भने मासु पसल सुधार कार्यक्रम पनि लागू गरिएको छ । यसले स्वच्छ उत्पादन र बजार व्यवस्थापनमा सुधार ल्याएको छ ।
राप्तीसोनारी: राप्तीसोनारी गाउँपालिकाअन्तर्गतको पशुपन्छी विकास शाखाले चालु आर्थिक वर्षमा पशुपालन क्षेत्रलाई सुदृढ, आधुनिक र व्यावसायिक बनाउने उद्देश्यसहित व्यापक कार्यक्रम सञ्चालन गरिरहेको छ । करिब १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको यस शाखाले पशु स्वास्थ्य सेवा विस्तारदेखि उत्पादन वृद्धि, पूर्वाधार विकास र प्रविधि हस्तान्तरणसम्मका बहुआयामिक कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाएको छ । गाउँपालिकाका विभिन्न वडाहरूमा प्रत्यक्ष रूपमा पुगेर सेवा प्रवाह गर्ने नीति अनुसार पशुपन्छी शाखाले हालसम्म महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ भने केही कार्यक्रमहरू कार्यान्वयनको अन्तिम चरणमा पुगेका छन् ।
पशु स्वास्थ्य सेवा, भ्याक्सिनेसन, घाँस विकास, गोठ सुधार, माछापालन प्रवद्र्धन तथा किसान क्षमता विकासका गतिविधिहरू एकैसाथ अघि बढाइएका छन् । पशु शाखाका प्रमुख जयबहादुर कार्कीका अनुसार पशुपालन क्षेत्रलाई स्थानीय अर्थतन्त्रको मेरुदण्ड बनाउने उद्देश्यसहित कार्यक्रमहरू केन्द्रित गरिएको हो । उनले भने, ‘हाम्रो मुख्य लक्ष्य भनेको किसानलाई आत्मनिर्भर बनाउनु हो । परम्परागत पशुपालन प्रणालीबाट माथि उठेर वैज्ञानिक, व्यावसायिक र उत्पादनमुखी प्रणालीतर्फ लैजान हामी निरन्तर प्रयासरत छौँ ।’

उनका अनुसार गाउँपालिकाले चालु वर्षमा सञ्चालन गरेका कार्यक्रमहरू केवल सेवा प्रवाहमा सीमित नभई दीर्घकालीन उत्पादन वृद्धि र आयआर्जनसँग प्रत्यक्ष जोडिएका छन् । पशु स्वास्थ्य सुधारतर्फ शाखाले औषधि खरिद गरी समयमै वितरण गरेको छ । यसले ग्रामीण क्षेत्रमा पशु रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ । साथै, रेबिज दिवस मनाएर जनचेतना अभिवृद्धि गर्ने काम पनि गरिएको छ, जसले पशुजन्य रोगबारे समुदायमा चेतना फैलाएको छ । भ्याक्सिनेसन कार्यक्रममार्फत विभिन्न वडामा पशुहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गरिएको छ ।
उनका अनुसार भ्याक्सिनेसन र स्वास्थ्य शिविरले पशु मृत्यु दर घटाउन महत्वपूर्ण भूमिका खेलेको छ । उनले भने, ‘हामीले गाउँगाउँमा पुगेर सेवा दिएका छौँ । किसानले घरमै सेवा पाउने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो । यसले समय र खर्च दुवै बचत गरेको छ ।’ यस वर्ष दुईवटा पशु स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएका छन् । ती शिविरहरूमा पशु परीक्षण, औषधि वितरण र परामर्श सेवा उपलब्ध गराइएको थियो । आकस्मिक पशु स्वास्थ्य सेवा कार्यक्रम पनि निरन्तर सञ्चालनमा छ, जसले आपतकालीन अवस्थामा किसानलाई ठूलो राहत दिएको छ ।

घाँस विकास कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिइएको छ । हिउँदे र बर्खे घाँसको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गरिएको छ । यसले पशु आहार व्यवस्थापनमा सुधार ल्याउँदै उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । घाँस विकाससँगै साइलेज बनाउने, युएमएमबी बनाउने जस्ता तालिमहरू पनि सञ्चालन भइरहेका छन् । प्रमुख कार्कीका अनुसार घाँस उत्पादनमा सुधार नभएसम्म पशुपालनको लागत घटाउन सम्भव हुँदैन । उनले भने, ‘घाँस नै पशुपालनको आधार हो । हामीले बीउ वितरण मात्र होइन, उत्पादन र संरक्षणको ज्ञान पनि किसानलाई दिइरहेका छौँ ।’
गाउँपालिकाले प्रत्येक वडामा दुई–दुई वटा गरी जम्मा १८ वटा गोठ सुधार तथा गोठघोर निर्माणका लागि तयारी अघि बढाएको छ । यो कार्यक्रम ५० प्रतिशत अनुदानमा सञ्चालन हुने भएकाले किसानहरूलाई आधुनिक गोठ निर्माणमा ठूलो सहयोग पुग्नेछ । स्वच्छ, व्यवस्थित र रोगमुक्त पशु आवास प्रणाली विकास गर्ने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो । त्यस्तै, विद्युतीय घाँस काट्ने मेसिन (इलेक्ट्रिक च्याफ कटर) खरिद प्रक्रिया पनि ५० प्रतिशत अनुदानमा अघि बढाइएको छ । यसले किसानको श्रम घटाउने र समय बचत गर्ने विश्वास गरिएको छ ।

मत्स्य विकास कार्यक्रम अन्तर्गत ६ वटा माछा पोखरी निर्माणका लागि तयारी गरिएको छ । यो कार्यक्रम पनि ५० प्रतिशत अनुदानमा सञ्चालन हुने भएकाले माछा पालनतर्फ किसानलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । जयबहादुर कार्कीका अनुसार माछा पालन ग्रामीण अर्थतन्त्रको नयाँ सम्भावना हो । उनले भने, ‘हामीले माछा पालनलाई पनि पशुपालनकै समानान्तर आम्दानीको स्रोत बनाउन खोजिरहेका छौँ । बजारको माग बढ्दो छ, त्यसलाई स्थानीय उत्पादनले पूरा गर्न सक्छ ।’
पशु सुत्केरी भत्ता कार्यक्रम पनि प्रक्रियामा रहेको छ, जसले गाईभैंसी पालक किसानलाई प्रत्यक्ष आर्थिक राहत दिनेछ । दुग्ध उत्पादनमा संलग्न किसानलाई लक्षित गरी ल्याइएको यो कार्यक्रमले उत्पादन बढाउन प्रोत्साहन गर्नेछ । चालु आर्थिक वर्षमा पशु स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन, कार्यालय सामग्री छपाई, तालिम गोष्ठी तथा अन्तरक्रिया, किसान सुचिकरण, अनुगमन तथा निरीक्षण, कृषक भ्रमण लगायतका कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन् । तालिम कार्यक्रमहरूलाई शाखाले विशेष महत्व दिएको छ ।

साइलेज बनाउने तालिम, माछा पालन सम्बन्धी तालिम, ग्ःःद्य बनाउने तालिम, भ्याक्सिनेसन तथा पाराभेट प्रशिक्षण, पशु स्वास्थ्य नियमन गोष्ठी जस्ता कार्यक्रमहरूले किसानको दक्षता वृद्धि गर्ने लक्ष्य राखिएको छ । प्रमुख कार्कीले तालिमलाई व्यवहारिक बनाउन जोड दिइएको बताए । उनले भने, ‘कागजी तालिम होइन, व्यवहारमा लागू हुने ज्ञान हामी दिन चाहन्छौँ । किसानले आफैँ उत्पादन बढाउन सक्ने अवस्था सिर्जना गर्नु हाम्रो उद्देश्य हो ।’ दुग्ध तथा मासु उत्पादन प्रवद्र्धनका लागि ‘उत्पादन र उत्पादकत्व–पालिका प्रमुखको अभिभावकत्व’ कार्यक्रम सञ्चालन गरिएको छ ।
यस अन्तर्गत भैंसी तथा बाख्रा पकेट क्षेत्र विकासमा जोड दिइएको छ । पोषण सुधार कार्यक्रम अन्तर्गत १००० दिने आमालाई लक्षित गर्दै ६ हप्ते कुखुराका चल्ला वितरण गरिएको छ । यसले पोषण सुधारसँगै साना आयआर्जनको अवसर सिर्जना गरेको छ । अनुगमन तथा निरीक्षण कार्यक्रममार्फत पशु फर्म, भेटेरिनरी सेवा र एग्रो व्यवसायहरूको नियमित अनुगमन भइरहेको छ । यसले सेवा गुणस्तर सुधार गर्न मद्दत पुगेको शाखाको दाबी छ । किसानहरूको अनुभव आदानप्रदानका लागि कृषक भ्रमण कार्यक्रम पनि सञ्चालन गरिएको छ । सफल कृषि तथा पशुपालन अभ्यासहरू सिक्ने अवसर यसले प्रदान गरेको छ ।

दुग्ध उत्पादन प्रवद्र्धनका लागि मिल्क क्यान तथा डी–फ्रिज उपकरणमा ५० प्रतिशत अनुदान दिइएको छ भने मासु पसल सुधार कार्यक्रम पनि लागू गरिएको छ । यसले स्वच्छ उत्पादन र बजार व्यवस्थापनमा सुधार ल्याएको छ ।
छाडा चौपाया व्यवस्थापन र गौशाला सञ्चालनलाई पनि प्राथमिकतामा राखिएको छ । सडक दुर्घटना न्यूनीकरणसँगै पशु संरक्षणलाई ध्यान दिइएको छ ।
प्रमुख कार्कीले अन्त्यमा भने, ‘हामीले सुरु गरेका कार्यक्रमहरू केवल तत्कालीन राहतका लागि होइनन्, दीर्घकालीन विकासका लागि हुन् । किसानको जीवनस्तर सुधार्न, उत्पादन बढाउन र गाउँपालिकालाई आत्मनिर्भर बनाउन हामी निरन्तर काम गरिरहेका छौँ ।’ गाउँपालिकाका अनुसार बाँकी रहेका सबै कार्यक्रमहरू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पशुपन्छी क्षेत्रलाई आधुनिक, प्रविधिमैत्री र उत्पादनमुखी बनाउने दिशामा राप्तीसोनारीले महŒवपूर्ण कदम चालेको स्पष्ट देखिन्छ ।





















