डुडुवा, जेठ ४ बाँके जिल्लाको डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । आइतबार गाउँपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले तिमी पालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरे ।
कार्यक्रममा बोल्दै प्रमुख चौधरीले समुदायमा अझै पनि खोपप्रतिको चेतनाको कमी देखिने भएकाले तिमी जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरू सबैले अझ सक्रिय भूमिका खेल्नुपर्ने बताए । उनले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहुने वातावरण सुनिश्चित गर्न तिमी पालिका पूर्ण रूपमा प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले स्वास्थ्य क्षेत्रलाई पालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै तिमीहरूले बालबालिकाको स्वास्थ्यलाई सुरक्षित राख्न खोप अनिवार्य र आधारभूत आवश्यकता भएको बताए ।
उनले स्वास्थ्य सेवा संवेदनशील क्षेत्र भएकाले सबै नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने प्रयास भइरहेको जानकारी दिए । साथै, केही समूहलाई निःशुल्क तथा सहुलियतमा स्वास्थ्य सेवा प्रदान गरिएको पनि उनले बताए । स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीका अनुसार पालिकाभित्र रहेका १५ वर्षमुनिका १ हजार ५२ जना र १६ देखि २३ महिनाभित्रका ८ सय ३१ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै आवश्यक खोप पूरा गरेका छन् । सोही आधारमा डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको उनले जानकारी दिए ।
घोषणा कार्यक्रमका अवसरमा अनिवार्य सेवा निवृत्त पाँच जना कर्मचारीलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेहरूमा सिनियर अनमी संगिता वर्मा, पवन कुमारी बाहुनी, सुमनलता सिंह, खड्गनाथ सापकोटा र महिला स्वास्थ्य स्वयंसेविका प्रेम कुमारी अधिकारी रहेका छन् । उनीहरूलाई दोसल्ला र मायाको चिनो प्रदान गरिएको थियो ।

त्यसैगरी स्वास्थ्य केन्द्रका प्रमुख तथा पालिकाभित्रका सबै महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्की, डुडुवा गाउँपालिका वडा नं. ३ का अध्यक्ष आमोद तिवारी, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डे, वडा सदस्य सुष्मा यादव, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत देवनारायण उपाध्याय, नेपाल पत्रकार महासंघका अध्यक्ष नवीन गिरीलगायतको उपस्थिति थियो । कार्यक्रमका क्रममा पूर्ण खोप सुनिश्चिततासम्बन्धी सामूहिक प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गरिएको थियो ।














