२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

सडक अतिक्रमण रोक्न गाउँपालिकाको निर्देशन

राप्तीसोनारी, जेठ ९  राप्तीसोनारी गाउँपालिकाले वडा कार्यालयहरूलाई लक्षित गर्दै सूचना प्रवाहसम्बन्धी निर्देशन जारी गरेको छ । गाउँपालिकाले सबै वडा कार्यालयहरूलाई पत्राचार गर्दै आफ्नो क्षेत्रभित्र पर्ने मुख्य, सहायक, ग्रामीण तथा कृषि सडकको क्षेत्राधिकारभित्र अनधिकृत गतिविधि नगर्न/नगराउन स्पष्ट आग्रह गरेको हो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत हरिबहादुर वलीद्वारा जारी सूचनामा सडक क्षेत्रमा टहरा निर्माण गर्ने, निर्माण सामग्रीहरू थुपारेर राख्ने, पशु चौपाया बाँध्ने तथा ट्र्याक्टर, ट्रिपर लगायतका सवारी साधनहरू लामो समयसम्म पार्किङ गरी राख्ने जस्ता गतिविधि बढ्दै गएको उल्लेख गरिएको छ । यस्ता क्रियाकलापले सार्वजनिक सडक आवागमनमा अवरोध सिर्जना गर्नुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको गाउँपालिकाको ठहर छ ।

सूचनामा सम्बन्धित वडा कार्यालयहरूलाई आफ्नो क्षेत्रभित्रका सबै स्थानमा यो निर्देशन व्यापक रूपमा प्रवाह गर्न भनिएको छ । साथै, सूचना जारी भएको मितिबाट ७ दिनभित्र त्यस्ता गतिविधिहरू रोक्न, हटाउन वा नगर्न/नगराउन आग्रह गरिएको छ । निर्धारित समयभित्र निर्देशनको पालना नभएमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

गाउँपालिकाले सार्वजनिक सडक तथा ग्रामीण मार्गलाई व्यवस्थित, सुरक्षित र आवागमनमैत्री बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ । स्थानीय तहले सडक अतिक्रमण तथा अव्यवस्थित प्रयोग नियन्त्रण गर्न निरन्तर अनुगमन गर्ने र आवश्यक परे कडा कदम चाल्ने बताएको छ । यस सूचनाले ग्रामीण सडक क्षेत्रमा देखिँदै आएको अव्यवस्थित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले नागरिकहरूलाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै नियमको पालना गर्न आग्रहसमेत गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।