२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

अछाममा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

अछाम,जेठ १६ गते   मध्यपहाडी लोकमार्ग अन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। शुक्रबार साँझ कर्णाली नदी किनारको बेलखेत नजिक भएको दुर्घटनामा गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

बागमती प्रदेश ०१–०२७ च २२७७ नम्बरको बोलेरो अनियन्त्रित भई घुम्ती सडकबाट तल खस्दा सवार पाँचै जना घाइते भएका थिए। घाइतेमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ का ४९ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारु रहेका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुर्खेत पठाइएको थियो। तर राति प्रदेश अस्पताल सुर्खेतमा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

दुर्घटनामा गाडी चालक बाँकेको नेपालगञ्जका रामराजेन्द्र भिमराज चट्टान गुप्ता, सिराहाका सन्तकुमार साह र स्याङ्जाका अर्जुनकुमार पौडेल घाइते भएका छन्। तीमध्ये चालक र सन्तकुमार साहको अवस्था चिन्ताजनक रहेको छ भने अर्जुनकुमार पौडेलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार प्रदेश अस्पताल सुर्खेतमा भइरहेको छ।

प्रहरीका अनुसार गाडी दार्चुलाबाट जुम्लातर्फ जाँदै गर्दा दुर्घटना भएको हो। प्रारम्भिक अनुसन्धानमा चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।