२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

१२ वर्षीया बालिकाकाे परुवा खोलामा डुबेर मृत्यु भएको छ।

राप्ती सोनारी गाउँपालिका–८ बालापुरकी १२ वर्षीया लक्ष्मी खड्काको परुवा खोलामा डुबेर मृत्यु भएको छ।

स्थानीयका अनुसार आइतबार दिउँसो करिब १२ बजेतिर साथीहरूसँग परुवा खोलामा नुहाउन गएकी लक्ष्मी अचानक खोलामा डुबेर बेपत्ता भएकी थिइन्। घटनापछि स्थानीय बासिन्दा तथा युवाहरूले उनको खोजी सुरु गरेका थिए।

स्थानीय युवा निराजन दाहालका अनुसार करिब एक घण्टासम्म खोजी गर्दा पनि बालिकाको अवस्था पत्ता लाग्न नसकेपछि खोजी कार्यलाई तीव्र बनाइएको थियो।

त्यसक्रममा दिउँसो करिब १ बजेतिर उनको शव खोलाभित्र डुबेको अवस्थामा फेला परेको थियो।

घटनापछि स्थानीयवासी शोकाकुल बनेका छन्। बालिकाको असामयिक निधनले परिवार तथा गाउँभरि दुःखको वातावरण सिर्जना भएको छ।

खोलानाला तथा जलाशयमा बालबालिका नुहाउन जाँदा अभिभावकको निगरानी आवश्यक रहेको भन्दै स्थानीयले यस्ता घटनाबाट सतर्क रहन आग्रह गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।