काठमाडौँ, भदौ २० गते । नेपाल–चीन सीमामा आएको बाढीमा परी ५३१ जना बेपत्ता भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार बाढीपछि चीनको गिरोंग क्षेत्रस्थित इमिग्रेशन तथा कस्टम भवनबाट शुक्रबार बेलुकीसम्म ३१ शव फेला परेका छन् ।
बाढीमा बेपत्ता हुनेमा विदेशी नागरिक तथा तीर्थयात्रीसमेत रहेको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । बाढीले सीमा क्षेत्रमा ठूलो क्षति पुर्याएपछि उद्धार तथा खोजी कार्य जारी रहेको जनाइएको छ ।
यसैबीच, भारतीय विदेश मन्त्रालयले शुक्रबार बेलुकीसम्म नेपालबाट १६९ जना भारतीय नागरिकको उद्धार गरिएको जनाएको छ । मन्त्रालयका अनुसार बाढीमा परी भारतका २७५ जना नागरिक अझै बेपत्ता छन् ।
नेपाल–चीन सीमाको बाढीबाट प्रभावित क्षेत्रमा विभिन्न देशका नागरिकसमेत परेकाले उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ । बेपत्ताको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

















