२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता

 


सोलुखुम्बु, भदौ २६ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित हुङ्गा खोलामा पहिरो खसेर खोलाको बहाव थुनिएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । पहिरोका कारण खोलामा करिब १०० मिटर लामो र १५ मिटर अग्लो अस्थायी ड्याम बनेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका बस्ती तथा जलविद्युत् आयोजनालाई सतर्क गराइएको हो ।

भदौ २६ गते बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२ र ४ नम्बर वडाको सीमास्थित हुङ्गा खोलामा गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं. २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको जानकारी प्राप्त भएको थियो । पहिरो खोलामा खसेपछि पानी थुनिएर करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । प्रहरीले घटनास्थलको अवस्थाबारे जानकारी लिँदै सम्भावित जोखिमलाई मध्यनजर गरी नदी तटीय क्षेत्रमा रहेका बस्ती तथा जलविद्युत् आयोजनालाई सतर्क गराएको छ ।

प्रहरीले हुङ्गा खोलामा रहेका गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोशी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुई वटा जलविद्युत् आयोजनालाई घटनाबारे जानकारी गराएको छ । आयोजनामा कार्यरत कामदार तथा सवारीसाधनलाई समेत सुरक्षित स्थानतर्फ जान सूचित गरिएको प्रहरीले जनाएको छ ।

हुङ्गा खोलाको पानी महाकुलुङ गाउँपालिका–२ बोदेलमा थुनिएको स्थानबाट सोताङ, थुलुङ दूधकोशी र नेचासल्यान गाउँपालिका हुँदै दूधकोशी नदीमा मिसिन्छ । त्यसपछि उक्त नदी खोटाङ हुँदै ओखलढुंगातर्फ बग्ने भएकाले खोलाको बहावमा अचानक परिवर्तन आए तटीय क्षेत्रका बस्ती तथा संरचनामा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाइएको हो ।

बिहान करिब ९ः१० बजे पहिरोका कारण बनेको ड्याममा पानी भरिएपछि पानी निकास हुन थालेको प्रहरीले जनाएको छ । पानी निकास सुरु भए पनि ड्याम पूर्णरूपमा सुरक्षित रहेको अवस्था यकिन नभएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

घटनास्थलको अवस्था, खोलाको बहाव र सम्भावित जोखिमबारे प्रहरीले थप अनुगमन तथा विवरण संकलन गरिरहेको जनाएको छ

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।