२०८३ आश्विन ३ शनिबार
२०८३ आश्विन ३ शनिबार

पुल बगे, नागरिक जोखिममाः सांसद बुढा


बाँके, भदौ ३१  नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोटमा बाढी र पहिरोका कारण नागरिकको ज्यान जोखिममा परेको भन्दै तत्काल उद्धार, राहत र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा ध्यान दिन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बुढाले लगातारको वर्षाका कारण जाजरकोटका विभिन्न क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् । बुढाले नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड क्षेत्र बाढीका कारण अत्यन्त जोखिमपूर्ण बनेको बताए । भदौ २९ गते ताक्सुगाडमा आएको बाढीले बगाएर बारेकोट गाउँपालिका–४ का २६ वर्षीय रमेश सुनार बेपत्ता भएको उनले सदनलाई जानकारी गराए ।

यसअघि पनि सोही खोलाले नलगाड नगरपालिका–११ का रतनबहादुर दमाईलाई बगाएर बेपत्ता बनाएको उल्लेख गर्दै सांसद बुढाले ताक्सुगाड क्षेत्रमा बाढीको जोखिम बढ्दै गए पनि आवश्यक सुरक्षा र पूर्वाधार व्यवस्थापन हुन नसकेको बताए । बाढीका कारण दर्जनौँ घर, झोलुङ्गे पुल तथा अस्थायी कजवेमा क्षति पुगेको उनले बताए । भेरी करिडोरमा समेत बाढीले ठूलो क्षति पुर्‍याएको भन्दै उनले सडक तथा पुलको तत्काल मर्मत तथा वैकल्पिक आवागमनको व्यवस्था गर्न सरकारसँग माग गरे ।

सांसद बुढाले रोली जिउलाको सिँचाइ नहरमा क्षति पुगेका कारण किसानको धानबालीमा समेत असर परेको बताए । बाढीले सडक र पुलमा मात्रै नभई कृषि क्षेत्रको उत्पादनमा समेत प्रत्यक्ष असर पारेकाले प्रभावित किसानका लागि आवश्यक सहयोगको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।