२०८३ जेष्ठ ४ सोमबार
२०८३ जेष्ठ ४ सोमबार

किसानलाई प्लास्टिकका पाल सहयोग

हुम्ला, मंसिर ३  सिमकोट र खार्पुनाथ गाउँपालिकाका सहकारीमा आबद्ध किसानलाई प्लास्टिकका पाल प्रदान गरिएको छ । बेमौसमी तरकारी फलाएर आयआर्जन गर्नका लागि यी पाल लागत साझेदारीमा प्रदान गरिएका हुन् ।

खार्पुनाथ गाउँपालिका– ४ को नल्न गाउँकी रुघु शाहीले सहयोगी निकाय र आफ्नो लागत साझेदारी पर्ने गरी प्लास्टिकका पाल उपलब्ध भएको बताइन् । ग्रिनहाउसका लागि संरचना निर्माण गरिरहेको उनले बताइन् । ग्रिनहाउसमा विशेष गरी साग र धनियाँ उत्पादन गरेर बिक्री गर्ने उनको सोच छ । यस्तै, सिमकोट गाउँपलिका– ५ गीता रोकायाले आफ्नो र सहयोगी संस्थाको आर्थिक सहयोगमा पाल पाएपछि ग्रिनहाउस निर्माण सुरु गरिएको बताइन् । ग्रिनहाउसमा साग उत्पादन गरेर पुस महिनासम्म बिक्री गरेर आम्दानी गरिने उनको भनाइ छ ।

लागत साझेदारीमा प्लास्टिकको पाल ३८ जना सहकारीमा आबद्ध किसानलाई प्रदान गरिएको स्नोल्याण्ड एकीकृत बिकास केन्द्रका कृषि प्राबिधिक जङ्गबहादुर शाहीले जानकारी दिए । पालको मूल्यमा ४० प्रतिशत किसान र ६० प्रतिशत परियोजनाले लागत ब्यहोर्नेछ । सिमकोट गाउँपालिकाका बुराउसे, माथिल्लो गाउँ, तल्लो गाउँ र हिल्दुम तथा खार्पुनाथ गाउँपालिकाका नल्ना, छिप्रा र माझा बस्तीका गरि ३८ जना किसानलाई पाल प्रदान गरिएको उनले  बताए ।

यो पाल लिएर किसानले ग्रिनहाउस निर्माण गरिसकेपछि तरकारीको बीउ भने निःशुल्क प्रदान गरिनेछ । यसका लागि एकिकृत सामुदायीक बिकास परियोजनाले चार लाख एकानब्बै हजार रुपियाँ लागत लागेको छ । परियोजनाले किसानलाई प्रदान गरिएको सामाग्रीका लागि गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको समन्वय र प्राबिधिक सहयोग रहेको छ । यो कार्यबाट किसानले आम्दानप् गर्ने बिस्वास गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।