२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

लागु औषध मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ

नेपालगन्ज,मंसिर ५ जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिवादी पक्राउ अभियानलाई थप प्रभावकारी बनाउँदै लागुऔषधसम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएका एक फरार प्रतिवादीलाई  पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ बस्ने टोपबहादुर रोकाया क्षेत्रीलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । रोकायलाई बाँके जिल्ला अदालतले मिति २०८२ जेठ २७ गतेको फैसलामार्फत १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फैसला जारी भए पश्चात  फरार रहेका रोकायालाई प्रहरीले पछिल्लो निगरानी र सुराकीका आधारमा नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ परेका रोकायालाई आवश्यक कानुनी कारबाहीका लागि सम्मानित बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने विशेष अभियान जारी छ, र पछिल्ला दिनमा यस्ता धेरै फरार प्रतिवादीहरूलाई कानुनी प्रक्रियामा ल्याइँदै आएको छ ।

 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।