२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

एउटै क्षेत्रबाट दोहोरिने चुनाव रोक्नुपर्छः सहमहामन्त्री राठौर

खजुरा, मंसिर २१ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेताहरू एउटै निर्वाचन क्षेत्रबाट दुई पटकभन्दा बढी चुनाव लड्न नपाउने स्पष्ट प्रावधान बनाउनुपर्ने सुझाव दिएका छन् । कांग्रेस, बाँके–३ कार्यसमितिद्वारा खजुरा बजारमा शनिबार आयोजित कार्यकर्ता भेला सम्बोधन गर्दै उनले नेतृत्व विकास र लोकतन्त्रको संस्कार दुवैका लागि एकै व्यक्तिले लगातार एकै क्षेत्र ओगटिरहनु उपयुक्त नहुने तर्जुमा प्रस्तुत गरे ।

उनका अनुसार पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाउन र नयाँ पुस्तालाई अवसर दिने वातावरण निर्माण गर्नुपर्ने अबश्यकता छ, जसका लागि उम्मेदवारीको दोहोरोतेहोरो दोहोरिने अभ्यास अन्त्य हुनैपर्छ । राठौरले आगामी फागुन २१ मा निर्धारित निर्वाचनको तयारी जटिल बन्दै गएको टिप्पणी पनि गरे । निर्वाचन घोषणा भई तीन महिना बितिसक्दा पनि सरकारले शान्ति–सुरक्षा, व्यवस्थापन तथा पूर्वाधार तयारीलाई आवश्यक प्राथमिकतामा नराखेको उनको आरोप थियो ।

चुनाव सुनिश्चितता नै अनिश्चित देखिन थालेको अवस्थामा सरकारले, सुरक्षा निकायहरूले र अन्य सम्बद्ध निकायहरूले तत्काल सक्रिय पहल नगरे आवश्यक वातावरण बन्न नसक्ने उनको भनाइ थियो । घोषित मितिमा चुनाव गर्नुको विकल्प नभएकाले तयारीमा ढिलाइ देशको राजनीतिक स्थायित्वका लागि गम्भीर चुनौती बन्न सक्ने चेतावनी उनले दिए ।

भेलामा सहमहामन्त्री राठौरले नेपाली काँग्रेसलाई देशको एकमात्र वास्तविक लोकतान्त्रिक शक्ति भन्दै पार्टी बलियो हुँदा लोकतन्त्र बलियो रहने र पार्टी कमजोर हुँदा मुलुक नै कमजोर हुने ऐतिहासिक तथ्य कहिल्यै नबिर्सिन नेता–कार्यकर्तालाई आग्रह गरे । मुलुकले स्थिरता र सुशासन खोजिरहेको अवस्थामा काँग्रेसलाई जिताउन पार्टीका सबै तह र संरचनाका कार्यकर्ताले गम्भीरतापूर्वक जिम्मेवारी सम्हाल्नुपर्ने सुझाव उनले दिए ।

पार्टीको महाधिवेशन नजिकिंदै गर्दा आन्तरिक विवाद वा प्रतिस्पर्धाले संगठन कमजोर नबनाओस् भन्ने उनको मुख्य जोड थियो । महाधिवेशन पार्टीलाई छरिएको होइन, अझ संगठित र सबल बनाउने मोड तगचलष्लन उयष्लत का रूपमा लिनुपर्ने आवश्यकतामाथि उनले बल दिए । महाधिवेशन पार्टीको आन्तरिक प्रक्रियाअन्तर्गत हुने भएकाले यसले संगठनलाई बलियो बनाई आगामी राजनीतिक यात्रामा मजबुत कदम चाल्न सहयोग पुर्‍याओस् भन्ने सबैको चाहना, कामना र भूमिकाले एकताबद्ध हुनुपर्ने उनको अपेक्षा थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।