२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

नेपालगन्जबाट सवारी ज्यान मुद्दाका फरार प्रतिवादी बाँके प्रहरीको नियन्त्रणमा

कोहलपुर: जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेका एक युवकलाई पक्राउ गरेको छ।

सवारी ज्यान मुद्दामा सम्मानित बाँके जिल्ला अदालतले २०७९ चैत २ गते १ महिना १८ दिन कैद सजाय सुनाएका राप्तीसोनारी  गाउँपालिका-५ का एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार  फरार रहेका ती  युवकलाई आज बिहान नेपालगन्ज उपमहानगरपालिका–१० भेरी अस्पताल नजिकबाट पक्राउ गरिएको हो।

पक्राउ परेका ती युवकलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।