२०८२ चैत्र २९ आईतवार
२०८२ चैत्र २९ आईतवार

फेस डिटेक्सन क्यामेरा जडान रुपैडिया जाँदा उच्च सुरक्षा निगरानी

कोहलपुर, पुस २४  नेपालगन्ज–रुपईडिहा नाकामा भारतले उच्च प्रविधिको फेस डिटेक्सन क्यामेरा जडान गर्दै सीमा सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ । भारत–नेपाल सीमाको निगरानी प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले भारतको सशस्त्र सीमा बल (एसएसबी) ले उक्त क्यामेरा प्रणाली सञ्चालनमा ल्याएको हो ।एसएसबीका अनुसार भारत र नेपालबाहेक तेस्रो देशका नागरिकहरू अवैधरूपमा भारत प्रवेश गर्न नपाउन् भन्ने लक्ष्यसहित यो प्रणाली लागू गरिएको छ । खुला सीमा भएका कारण विगतदेखि नै अवैध आवतजावत, तस्करी, अपराध र शंकास्पद गतिविधिको जोखिम रहँदै आएको भन्दै त्यसलाई नियन्त्रण गर्न अत्याधुनिक प्रविधिको प्रयोग आवश्यक ठहर गरिएको एसएसबीले जनाएको छ ।

यसअघि नेपालगन्ज–रुपईडिहा नाकाबाट आवतजावत गर्ने भारत र नेपालका नागरिकले अनिवार्यरूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था थियो । अब भने परिचय पत्रको जाँचसँगै सीमामा जडान गरिएका फेस डिटेक्सन क्यामेराबाट यात्रुहरूको अनुहारको डिजिटल रेकर्ड पनि संकलन गरिनेछ । यस प्रणालीले सीमाबाट प्रवेश गर्ने तथा बाहिरिने व्यक्तिहरूको पहिचान अझ प्रभावकारीरूपमा गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

एसएसबीका अधिकारीहरूका अनुसार क्यामेरामा संकलित अनुहारको विवरण डिजिटल डाटाबेसमा सुरक्षित गरिनेछ, जसले आवश्यक परेमा शंकास्पद व्यक्तिको पहिचान, निगरानी तथा अनुसन्धानमा सहयोग पुर्‍याउनेछ । विशेषगरी तेस्रो देशका नागरिक, आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा सीमा अपराधसँग जोडिएका घटनाको नियन्त्रणमा यो प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ ।

फेस डिटेक्सन प्रविधिले सीमामा हुने अवैध घुसपैठ, मानव तस्करी, लागुऔषध ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रणमा मद्दत पुर्‍याउने एसएसबीको दाबी छ । साथै, सीमामा हुने गतिविधिको वास्तविक समयमै निगरानी गर्न सकिने भएकाले सुरक्षाकर्मीको कार्यक्षमता पनि बढ्ने बताइएको छ ।
नयाँ प्रविधि प्रयोगसँगै भारत–नेपाल सीमामा सुरक्षा संयन्त्र थप व्यवस्थित, आधुनिक र प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ । एसएसबीले खुला सीमालाई पूर्णरूपमा बन्द नगरी सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने नीति अनुरूप यस्तो प्रविधि विस्तार गरिएको स्पष्ट पारेको छ । भारत–नेपालबीच ऐतिहासिक रूपमा खुला सीमा रहेकाले दुवै देशका नागरिकको आवतजावत सहज रहँदै आएको छ । तर, पछिल्लो समय सीमा अपराध, अवैध प्रवेश र सुरक्षा चुनौती बढ्दै गएकाले प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको सुरक्षा विज्ञहरूको भनाइ छ । नेपालगन्ज–रुपईडिहा नाकामा जडान गरिएको फेस डिटेक्सन क्यामेरा प्रणालीलाई भारत–नेपाल सीमा सुरक्षामा एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।