२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

महिला सशक्तिकरण र मातृ स्वास्थ्यमा जोड दिँदै घरदैलोमा एमालेका उम्मेदवार राई

नेपालगन्ज, फागुन १०  प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बाँके क्षेत्र नं. २ बाट मोहम्मद इश्तियाक राईले आफ्नो चुनावी अभियान तीव्र पारेका छन् । उनले शनिबार नेपालगन्ज उपमहानगरपालिका–१ का विभिन्न टोलमा घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् ।वडा नं. १ अन्तर्गत चन्दननाथ टोल, दीपज्योति टोल, पिपल चौतारा टोललगायत क्षेत्रमा पुगेर राईले स्थानीय बासिन्दासँग भेटघाट गरे । घरदैलोका क्रममा मतदाताहरूले सडक, नाला, सरसफाइ तथा स्वास्थ्य सेवासम्बन्धी समस्या औंल्याएका थिए ।

यसअघि सहरी विकास मन्त्री र भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालिसकेका राईले आफ्नो कार्यकालमा उक्त वडामा केही पूर्वाधार योजना ल्याएको उल्लेख गर्दै बाँकी कामहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।घरदैलो कार्यक्रमपछि सुन्दर टोलमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले महिलाहरूका मुद्दालाई प्राथमिकतामा राख्ने बताएका छन् । महिला सशक्तिकरण, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु आफ्नो मुख्य एजेण्डा रहेको उनको भनाइ थियो ।

“महिला सशक्तिकरणका सवालमा हामी अझै पछाडि छौँ । लुम्बिनी प्रदेशमा मातृ मृत्युदर उच्च छ, त्यसमा पनि बाँके जिल्लाको अवस्था चिन्ताजनक छ,” उनले भने, “समयमै गुणस्तरीय प्रसुति सेवा नपाउँदा धेरै महिलाले ज्यान गुमाउनुपरेको छ । स्थानीय तहसम्म सुविधा सम्पन्न प्रसुति सेवा विस्तारका लागि म पहल गर्नेछु ।” राईले भेरी अस्पतालमा भौतिक संरचनामा सुधार भए पनि विशेषज्ञ चिकित्सक र सेवाको अझै अभाव रहेको उल्लेख गरे । स्वास्थ्य क्षेत्रको सुदृढीकरणमार्फत मातृ तथा शिशु मृत्युदर घटाउने लक्ष्य आफूले लिएको उनले बताए ।

वडा नं. १ को सुन्दर टोल विकासका दृष्टिले पछाडि परेको स्वीकार गर्दै उनले निर्वाचित भएपछि सडक, नाला तथा आधारभूत पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।यसैबीच उनले आजै क्षेत्रका बुद्धिजीवी तथा शिक्षासेवीहरूसँग पनि अन्तरक्रिया गरेका छन् । शैक्षिक गुणस्तर अभिवृद्धि, प्राविधिक शिक्षाको विस्तार तथा युवालाई रोजगारीमुखी सीपसँग जोड्ने विषयमा प्राप्त सुझावअनुसार अघि बढ्ने उनले जनाएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।