२०८३ असार १० बुधबार
२०८३ असार १० बुधबार

देउखुरीमा फोर्स गाडी दुर्घटना, चार जना घाइते

दाङ, वैशाख २७ गते ।  दाङको देउखुरी क्षेत्रमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घोराहीबाट प्युठानको बाहानेतर्फ जाँदै गरेको लु. २ ख. ६०२९ नम्बरको फोर्स गाडी महेन्द्र राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–४ स्थित मौरीघाटमा आज बिहान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार बिहान करिब सवा १० बजेतिर भएको दुर्घटनामा चार जना सामान्य घाइते भएका छन् । घाइतेहरूको भालुबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरूको परिचय खुल्ने क्रम जारी रहेको छ । दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।