नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुधान्शु कोइराला र सीता काफ्लेलाई सम्मान गरेको छ । हालै सम्पन्न काँग्रेसको १५आँै केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको सदस्यमा दुबै जना निर्वाचित हुनुभएको हो ।

युनियन बाँकेले शुक्रबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर केन्द्रीय सदस्यमा निर्वाचित कोइराला र काफ्लेलाई सम्मान पत्र तथा खादा लगाएर सम्मान गरेको छ । युनियन बाँकेका जिल्ला अध्यक्ष कमल खत्रीले निर्वाचित केन्द्रीय सदस्यद्वयलाई सम्मान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बादसाह कुर्मी, युनियनका केन्द्रीय सदस्य बसन्त उपाध्याय, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अन्जना पाण्डे, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर ३ पुर्वसभापति पोषण केसी, बरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरलगायतको उपस्थिति रहेको थियो । प्रेस युनियन अध्यक्ष कमल खत्रीको सभाअध्यक्षमा संचालित कार्यक्रमको संचालन सचिव भिष्म लोधले गर्नुभएको थियो ।


















