२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

बाढीले सोती–मान्वु जोड्ने मोटरेबल पुल बगायो


गोरखा ।  बुढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्वु जोड्ने मोटरेबल पुल बगाएको छ। नदीमा लेदोसहित ठूला ढुंगा बगेर आउन थालेपछि आरुघाट क्षेत्रका बासिन्दा सुरक्षित स्थानतर्फ सर्न थालेका छन्।

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार केहीबेरअघि बाढीले पुल बगाएको हो। उनका अनुसार नदीमा भोटेकोशीमा आएको बाढीजस्तै लेदो बगेर आएको छ भने आरुघाट नजिकै ठूला ढुंगा थुप्रिएका छन्।

‘अहिले आरुघाटका बासिन्दा पनि माथि आरुटार गएर बसेका छन्,’ अध्यक्ष गुरुङले भने, ‘कुन बेला के हुने हो, केही थाहा भएन।’
बाढीका कारण थप क्षति हुन सक्ने जोखिम बढेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानमा आश्रय लिन थालेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।