२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

बूढीगण्डकी बाढीः ६ पुल बगे, १० जना सम्पर्कविहीन


गोरखा ।  बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न स्थानमा दुई वटा मोटरेबल र चार वटा झोलुङ्गे पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्। बाढीले चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगरका करिब ३५ घर बगाउनुका साथै जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत क्षति पुर्‍याएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने मोटरेबल पुल बगाएको छ।

त्यसैगरी, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बाढीले बगाएको छ। माछिखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्‍याङ र जगत् जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको शर्माले बताए।

बाढीले बस्ती र आवागमनका संरचनामा क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रको जनजीवन प्रभावित भएको छ। सम्पर्कविहीन भएका व्यक्तिको अवस्था र बाढीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।