२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

बुढीगण्डकीको बाढीले ४० घर बगायो, गोठाला सम्पर्कविहीन


काठमाडौँ ।  गोरखाको चुमनुव्री गाउँपालिकामा बुढीगण्डकी नदीमा आएको बाढीले जगत बगर, सल्लेरी र घट्टेखोलाका ३५ देखि ४० वटासम्म घर बगाएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण सिर्दिबासबाट चुम उपत्यकातर्फ जाने बाटोमा रहेका चारदेखि पाँच जना गोठाला पनि सम्पर्कविहीन भएका छन् ।

चुमनुव्री गाउँपालिकाका प्रशासनिक प्रमुख नारायणप्रसाद सापकाटाका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ । उनी अहिले गाउँपालिकाको केन्द्र सिर्दिबासमा छन् ।
‘बाढीको अवस्था सामान्य हुँदै गएको छ । अहिले उद्धारमा खटिएका छौँ । हेलिकप्टर आएर उद्धार गरिरहेको छ,’ उनले भने ।

बाढीले पुर्‍याएको क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । सम्पर्कविहीन गोठालाको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको जनाइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।