दाङ। तुलसीपुरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ५ लाख ३० हजार २३५ रुपैयाँ नगद र १२ बुक तास बरामद गरेको छ।
तुलसीपुर उपमहानगरपालिका–५ स्थित मासु मार्केटमा तेजबहादुर डाँगीको घरमा जुवा खेल भइरहेको विशेष सूचनाका आधारमा आइतबार राति पुगेको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कका ५५ वर्षीय मोहमद अनिस कुरेसी, वडा नं. ७ नयाँबस्तीका ५२ वर्षीय भिमसेन विक, वडा नं. ८ दुधेनाका ३२ वर्षीय सिमोन सुनार, वडा नं. ९ बेलुवाका ४५ वर्षीय मानबहादुर विक, मासु मार्केटका ५० वर्षीय रहिस कुरेसी, बेलुवाका ४० वर्षीय कमल विक र ४९ वर्षीय केशव विक रहेका छन्।
त्यस्तै, वडा नं. १५ हरिपौराका २६ वर्षीय बिशाल केसी, वडा नं. १२ जसपुरका ३१ वर्षीय किशोर विक, वडा नं. ७ हात्तीखौवाका ४५ वर्षीय धनेश्वर विक, बेलुवाका ६३ वर्षीय कुलबहादुर डाँगी र ३३ वर्षीय साहिद राईनी पनि पक्राउ परेका छन्।

यसैगरी, घोराही उपमहानगरपालिका–८ ढिकपुरका ४५ वर्षीय कान्तप्रसाद गिरी तथा सल्यानको शारदा नगरपालिका–८ रानिकोटका ३१ वर्षीय सुमन बुढाथोकी र कुपिण्डे नगरपालिका–९ जहितेपानीका ४२ वर्षीय वीरबहादुर बिष्ट पक्राउ परेका छन्।
















