२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

भेरी अस्पतालको क्याथ ल्याब मुसाले काट्यो !

नेपालगन्ज , मंसिर २१   भेरी अस्पतालको क्याथ ल्याब सेवा मुसाले तार काटेपछि शुक्रबारदेखि अवरुद्ध भएको छ । अस्पतालका अनुसार मुसाले विद्युत् आपूर्ति तार काट्दा क्याथ ल्याबमा काम ठप्प भएको हो । यस घटनाले अस्पतालमा उपचार गराइरहेका बिरामीहरूमा असुविधा सिर्जना भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले भने, ‘मर्मतका लागि इन्जिनियरको टोली खटाइएको छ । केही दिनभित्र सेवा पुनः सञ्चालन हुनेछ । बिरामीहरूलाई परेको असुविधाप्रति हामी क्षमा चाहन्छौँ ।’

क्याथ ल्याब मात्र नभई यसअघि मुसाले पुरानो सिटिक्यान मेसिनको तार पनि काटेर क्षति पुर्‍याएको थियो । कर्मचारीहरूले भेरी अस्पतालमा मुसाको लगातार विगविगी रहेको बताएका छन् ।

अवरुद्ध रहेको एमआरआइ सेवा पनि मर्मतपछि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले बिरामीलाई सेवा पुनः सामान्य हुने विश्वास दिलाएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।