२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

निर्वाचन प्रचारका लागि सवारी साधन प्रयोग गर्न अनुमति लिन अपील

कोहलपुर, माघ ११ प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत निर्वाचन प्रचारप्रसारका क्रममा सवारी साधन प्रयोग गर्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले अनिवार्यरूपमा अनुमति लिनुपर्ने भएको छ । निर्वाचन आचारसंहिता अनुसार प्रचार प्रयोजनका लागि प्रयोग गरिने सवारी साधनको विवरण खुलाइ निवेदन दिनुपर्ने बाँके निर्वाचन क्षेत्र नम्बर २ को मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले अपील गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अनुमति लिनका लागि सवारी साधन धनीको नामथर, सवारी साधनको किसिम, दर्ता नम्बर, चालकको नाम र सम्पर्क नम्बर, चालकको सवारी अनुमति पत्र नम्बर, इन्जिन नम्बर, च्यासिस नम्बर तथा नविकरण कायम रहने अन्तिम मिति स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । तोकिएका विवरणसहित निवेदन पेश गरेपछि मात्र सवारी पास प्रदान गरिने जनाइएको छ ।

जारी सूचनामा अनुमति प्राप्त सवारी साधन केवल सम्बन्धित उम्मेदवार वा दलको निर्वाचन प्रचारप्रसार कार्यमा मात्र प्रयोग गर्न पाइने स्पष्ट गरिएको छ । अन्य कुनै प्रयोजनमा प्रयोग गर्न नपाइने तथा सवारी साधनको स्वरूप परिवर्तन गर्न समेत नपाइने उल्लेख छ । आचारसंहिता विपरीत सवारी साधन प्रयोग भएको पाइएमा ट्राफिक प्रहरी वा अन्य सुरक्षा निकायले नियन्त्रणमा लिन सक्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी सवारी पासको अनुमति माग गर्दा सवारी साधनको ब्लुबुक र चालकको अनुमति पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । निर्वाचनको स्वच्छता, निष्पक्षता र मर्यादा कायम राख्न यस्तो व्यवस्था गरिएको निर्वाचन कार्यालयको भनाइ छ ।

निर्वाचन नजिकिँदै जाँदा प्रचार गतिविधि तीव्र बन्दै गएकाले सवारी साधनको दुरुपयोग रोक्न र सबै उम्मेदवारलाई समान अवसर सुनिश्चित गर्न यो नियम कडाइका साथ लागू गरिने जनाइएको छ । निर्वाचन आयोगले सबै दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।