२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

चुनाव जितेर दुर्घटना नहुने गरी तिव्र गतिमा विकासको गाडी दौडाउँछौंः सभापति थापा

नेपालगन्ज, फागुन १४   प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जानकी गाउँपालिकामा आयोजित चुनावी आमसभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो दलको संकल्प, प्राथमिकता र आगामी पाँच वर्षका योजनाबारे विस्तृतरूपमा जानकारी दिएका छन् ।

सभामा उपस्थित स्थानीय बासिन्दा, कार्यकर्ता र समर्थकहरूलाई सम्बोधन गर्दै सभापतिले अघिल्लो समय सरकारको गति र मति ठीक नभएको बताएका छन् ।उनले भने, ‘अघिल्लो समयमा सरकार बनाउने काममै ध्यान गएको थियो, तर त्यो समय खेर गएको हो । अब पछिल्ला क्षतिको माग पूरा गर्न तिव्र गतिमा काम गर्नु आवश्यक छ ।’

थापाले आगामी पाँच वर्षको कार्यतालिका स्पष्ट पार्दै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण निर्माण र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए । उनले भने, ‘यो पाँच वर्षमा असामान्यरुपमा काम गर्नुपर्छ । थन्किएका पूर्वाधार छोटो समयमा सम्पन्न गर्न न केवल योजना मात्र बनाउनुपर्छ, तर ती योजनाहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न उच्च गति र जोखिम लिन तयार हुनुपर्छ ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।