२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ

नेपालगञ्ज बैशाख २१ गते   भारतबाट लागुऔषध बेच्न बाँकेको नेपालगञ्ज आएका दुई भारतीय युवा-युवती एकैपटक ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले आज बिहान साढे १० बजे भारतको बहराइच जिल्लास्थित रुपैडिया थानाको बाबागञ्ज बस्ने ३२ वर्षीय मोहम्मद हामिद र सोही स्थानकी २२ वर्षीया सविना देवी पथरकटलाई ६८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको  लागुऔषध र बाँके प्रहरीको टोलीले नेपालगञ्ज उपमहानगरपालिका–५ फुल्टेक्रा जाने बाटोमा उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको थियो । त्यसपछि कानुन बमोजिम शरीर तलासी गर्दा मोहम्मद हामिदले लगाएको कालो पाइन्टको दाहिने खल्तीभित्र लुकाई राखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरुका साथबाट ६८ ग्राम ८१० मिलिग्राम खैरो हेरोइनका साथै घटनास्थलबाट दुई थान मोबाइल फोन र भारतीय नम्बर प्लेट युपी ४० बीएच ४७०८ को मोटरसाइकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको प्रहरीले जनाएको छ भने उनीहरुसँग अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रहरीका अनुसार उनीहरु लागुऔषध कारोबार गर्ने भारतकै ठूलो गिरोह रहेको बुझिएको छ ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।