२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया

कोहलपुर, बैशाख २३ गते   कोहलपुर नगरपालिका–१० की पुनम चौधरी हातमा झाडु बोकेर सडक सफा गर्ने उनको दैनिकी रोजगारीमा मात्र सीमित छैन, नगरलाई स्वच्छ राख्ने जिम्मेवारी पनि हो । तर, वर्षौंदेखि श्रम गरिरहँदा पनि उनी जस्ता श्रमिकले पाउने सम्मान भने सधैं समान रहन सकेको छैन । कोहलपुर नगरपालिकाले पुनमलाई दैनिक ज्यालादारीमा सरसफाईकर्मीका रुपमा खटाएको छ । सरकारी दररेट अनुसार उनले दैनिक ७५४ रुपैयाँ पारिश्रमिक पाउँछिन् ।

उनी जस्तै २० जना सरसफाईकर्मी अहिले नगरभित्र सरसफाईको जिम्मेवारी सम्हालिरहेका छन् । उनीहरुको पसिनाले कोहलपुर सफा र व्यवस्थित देखिन्छ । बुधवार कोहलपुर रोजगार सेवा केन्द्रले ती श्रमिकहरुलाई नगरपालिकामा बोलाएर ‘श्रमिक सुरक्षा र चुनौती’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्‍यो । सामान्यतः आफ्नो काममै व्यस्त रहने सरसफाईकर्मीहरुका लागि यो कार्यक्रम आफ्ना अनुभव, समस्या र अपेक्षा राख्ने अवसर बन्यो । पुनम चौधरीले भनिन्–‘हामी जस्ता सरसफाईकर्मीलाई बोलाएर हाम्रो कुरा सुन्ने अवसर दिनुभयो, यसले खुसी लागेको छ ।’ सरसफाई जस्तो कामको महत्व हुँदाहुँदै पनि समाजमा श्रमिकको सम्मान गर्ने परिरपाटीको विकास नभइरहेको अवस्थामा सेवा केन्द्रले श्रमिकलाई बोलाएर आफ्ना कुराहरु राख्ने अवसर दिएको भन्दै खुसी व्यक्त गरिन् ।

अर्की श्रमिक विपरानी थारुले भने श्रमको मूल्यांकन हुँदै आएको स्वीकार गरे पनि श्रमिक अधिकारका केही पक्ष अझै अधुरा रहेको बताइन् । ‘पारिश्रमिक त पाउँछौं, तर साप्ताहिक बिदा नियमित पाउन सकिएको छैन’–उनले गुनासो गरिन् । कार्यक्रममा रोजगार संयोजक आशिष वर्माले श्रमिकहरुको आर्थिक सुरक्षा र व्यक्तिगत सुरक्षा अहिले सबैभन्दा ठूलो चुनौती बनेको बताए । ‘वास्तविक श्रमिकहरु अझै पनि जोखिमपूर्ण अवस्थामा काम गरिरहेका छन्, उनीहरुको सुरक्षामा विशेष ध्यान दिन आवश्यक छ । यो अन्तरक्रियाले श्रमिकको समस्या बुझ्ने र सम्वोधनमा सहजीकरण गर्नु हो ।’ नगर प्रहरी प्रमुख वीरबहादुर थापाले सरसफाईकर्मीहरुलाई ज्यालादारीको रुपमा मात्रै नहेरेर सम्मानित श्रमिकका रुपमा हेरिएको बताए । उनले सरसफाईकर्मीहरुको पहलमा कोहलपुरलाई सफा र सुन्दर नगर बनाउन सघाउ पुर्याएको पनि बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।