२०८३ जेष्ठ ८ शुक्रबार
२०८३ जेष्ठ ८ शुक्रबार

समावेशी संसद सहिदको बलिदानको उपज : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ले वर्तमान संसदलाई सहिदहरूको बलिदानबाट स्थापित समावेशी उपलब्धिको प्रतीक भएको बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले नयाँ संसद भवन केवल सिमेन्ट, इँटा र फलामले बनेको संरचना मात्र नभई हजारौँ सहिदहरूको त्याग र संघर्षको परिणाम भएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री दाहालले संसदमा सबै वर्ग, जाति, समुदाय र लिङ्गको प्रतिनिधित्व सुनिश्चित भएको उल्लेख गर्दै त्यसका लागि विगतमा सशस्त्र संघर्षदेखि विभिन्न जनआन्दोलनसम्म सञ्चालन गरिएको स्मरण गरे । उनले ‘इन्द्रेणी संसद’ निर्माणका लागि आफूहरूले बन्दुक उठाएको, आन्दोलन गरेको र लामो राजनीतिक संघर्ष गरेको बताए ।

भावुक शैलीमा मन्तव्य राख्दै उनले संसद भवनको जगमै सहिदहरूको बलिदान जोडिएको बताए । उनले इतिहासका विभिन्न चरणमा भएका सशस्त्र तथा शान्तिपूर्ण आन्दोलनका सहिद, बेपत्ता व्यक्ति, घाइते योद्धा तथा अभियानकर्मीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कृतज्ञता व्यक्त गरे । पछिल्लो समयको ‘जेनजी आन्दोलन’ सम्मका योगदानलाई समेत उनले स्मरण गरेका थिए ।

सम्बोधनका क्रममा उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको सफलताको पनि प्रशंसा गरे । सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यस निर्वाचनमा झन्डै दुई तिहाइ सफलता हासिल गरेको उल्लेख गर्दै उनले पार्टी सभापति  माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई विशेष बधाई दिएका थिए ।

उनले आफ्नो दल निर्वाचन परिणामका हिसाबले खुम्चिएको स्वीकार गरे पनि वर्तमान राजनीतिक वातावरण निर्माणमा आफ्नो पार्टीको ऐतिहासिक भूमिका रहेको दाबी गरे । लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रतिनिधित्व र राजनीतिक परिवर्तनको आधार तयार गर्न आफ्नो पार्टीले महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।