सरकारले आगामी आर्थिक वर्ष २०८३/८४को आकार बढाएर बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको घोषणा गरिएको छ।
अर्थमन्त्री डास्वर्णिम वाग्लले स्रोतको चापका बीच बजेटको आकार बढाएका छन्। मध्यमवर्ग, निजी क्षेत्र, कर्मचारीका लागि लोकप्रिय कार्यक्रम ल्याए पनि राजस्वको स्रोत कमजोर हुँदा पनि बजेटको आकार बढाएका छन्।
राष्ट्रिय योजना आयोगले गत फागुनमा दिएको सिमा भन्दा ठूलो आकारको बजेट ल्याएका छन्। आर्थिक वर्ष २०८३/८४ का लागि करिब १८ खर्ब ९० अर्ब रुपैयाँको सिलिङ तोकिएको थियो।
चालूतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत बजेट विनियोजन गरिएको छ। त्यसैगरी पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् कुल विनियोजनको २०.३ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड अर्थात् १९.९ प्रतिशत बजेट विनियोजन भएको छ ।













