खजुरा, कात्तिक २८, बाँकेको खजुरा गाउँपालिकास्थित मिनी रंगशालामा आज शुक्रबारदेखि प्रथम खजुरा रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८२ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) खजुराको आयोजना र व्यवस्थापनमा पहिलो पटक खजुरा क्षेत्रमा रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा खजुरा क्षेत्रका १० विद्यालय बीच प्रतिस्पर्दा हुने प्याब्सन खजुराका अध्यक्ष गीता गोदार क्षेत्रीले जानकारी दिइन् । प्याब्सन खजुराले बिहीबार एक प्रेस वक्तव्य जारी गर्दै प्रावि र मावि स्तरीय खेलकुद प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो । खजुरा क्षेत्रमा रहेका निजी मावि तहमा कथा १० सम्मका विद्यार्थीहरुमा खेलकुदको अभिरुचि बढाई अब्बल खेलाडी उत्पादन गर्ने उद्देश्यले रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको प्याब्सन खजुरा अध्यक्ष क्षेत्रीले जनाइन् ।
रनिङ शिल्ड खेलकुद प्रतियोगितामा १० विद्यालयका करिब ५ सय खेलाडी विद्यार्थीहरुले सहभागिता जनाउने सचिवालय संयोजक नरेन्द्र ददेलले जानकारी दिए । शुक्रबार देखि आयोजना हुने रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भलिबल छात्र / छात्रा, एथलेटिक्स छात्र/छात्रा बीच हुनेछ । प्रावि तहमा ५ खेल हुने फिल्ड मार्सल राजेन्द्र आचार्यले जनाए । रनिङ शिल्ड सञ्चालन गर्का लागि १० जना खेल प्राविधिक खटिने खेल प्राविधिक संयोजक चन्द्र गुरुङले जानकारी दिए ।
प्रथम प्याब्सन खजुरा रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तूफानले गर्ने आयोजकले जनाएको छ ।









