बाँके, नेपालगन्ज उपमहानगरपालिका–४ बाइपास क्षेत्रबाट अवैध लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । आइतबार साँझ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले उनीहरूको साथबाट ब्राउनसुगर जस्तो देखिने ५ ग्राम ३ सय ३० मिलिग्राम पदार्थ र नियन्त्रित लागूऔषध स्पास्मो २८ ट्याब्लेट बरामद गरेको हो ।
पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का २५ वर्षीय सबिन विष्ट र सोही नगरपालिका–६ का २३ वर्षीय समिर थापा रहेका छन् । बाइपास क्षेत्रमा शंका लागेर चेकजाँचका क्रममा प्रहरीले उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारेको बताइएको छ ।
उनीहरूविरुद्ध आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।













