२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

नेपाली कांग्रेस क्षेत्र नम्बर १ नयाँ सक्रिय सदस्यता वितरणबारे छलफल सुरु

राप्तीसोनारी, मंसिर २२  नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले राप्तीसोनारी गाउँपालिकाभित्र नयाँ सक्रिय सदस्यता वितरणका विषयमा वडा सभापति र टोल सभापतिसँग व्यापक छलफल तथा अन्तरक्रिया गरेको छ । पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित गरिएको उक्त कार्यक्रम क्षेत्रीय तहमा सक्रिय सदस्य विस्तारका कामलाई व्यवस्थितरूपमा अघि बढाउने तयारीका रूपमा हेरिएको छ ।

राप्तीसोनारी गाउँपालिकामा आयोजित कार्यक्रममा क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्रीसहित स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति थियो । सभापतिहरूबीच अहिले चलिरहेको सदस्यता नवीकरणको अवस्थाबारे समीक्षा गरियो भने नयाँ कियाशील सदस्यता वितरणको प्रक्रिया कसरी पारदर्शी, व्यवस्थित र सबै समावेशी बनाउने भन्नेमा विस्तृत छलफल भयो ।

कार्यक्रममा क्षेत्रीय सभापति केसीले पार्टी संगठनलाई बलियो बनाउने आधार नै समयमै, निष्पक्ष र योजनाबद्ध रूपमा सदस्यता व्यवस्थापन गर्नु रहेको बताए । उनले क्षेत्र नम्बर १ ले यसअघि नै सदस्यता नवीकरणको काम अन्तिम चरणमा पुर्‍याइसकेको उल्लेख गर्दै अब नयाँ सदस्यता वितरणलाई पनि समान रूपले संयोजनका साथ अघि बढाइने बताए । उनका अनुसार, जिल्लाभर सदस्यता नवीकरणमा देखिएका केही प्राविधिक समस्या समाधान हुँदै गएपछि नयाँ सदस्यता वितरण सहज तरिकाले सम्पन्न हुनेछ ।

निवर्तमान सभापति माधवराम खत्रीले संगठनमा अनुशासन, पारदर्शिता र आन्तरिक एकताका लागि सदस्यता प्रक्रिया अत्यन्त संवेदनशील विषय हो भन्दै यसलाई जिम्मेवारीपूर्वक, विवादरहित र संस्थागत विधिअनुसार अघि बढाउन नेतृत्वलाई सुझाव दिए । उनले स्थानीय तहका टोल तथा वडा समितिहरूले आफ्नो क्षेत्रका कार्यकर्ता तथा सक्रिय व्यक्तिहरूको तथ्यांक व्यवस्थित रूपमा संकलन गर्नुपर्ने आवश्यकता औंल्याए ।

अन्तरक्रियाका क्रममा टोल तथा वडा सभापतिहरूले आफ्नो–आफ्नो क्षेत्रका अवस्था, समस्या र अपेक्षाबारे नेतृत्वलाई जानकारी गराएका थिए । छलफलमा सहभागी नेताहरूले नयाँ सदस्यता वितरण केवल संख्यामा वृद्धि गर्ने अभियान नभई, संगठनको भविष्य सुनिश्चित गर्ने आधार हो भन्दै यसलाई तथ्य, अनुशासन र कार्यक्षमता केन्द्रित ढंगले अघि बढाउन जोड दिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।