२०८२ फाल्गुन ३० शनिबार
२०८२ फाल्गुन ३० शनिबार

प्रभातमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

नेपालगन्ज, मंसिर २५  प्रभात मेमोरियल हाइस्कुलले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले उनीहरूलाई स्वागत गरेका हुन् । कक्षा १२ का विद्यार्थी प्रभात यादवको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा कक्षा ११ का विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल गौरव गिरीले अनुशासन, समयको पालना र मेहनत विद्यार्थीको गहना भएकाले इमान्दारीपूर्वक आफ्नो भूमिका निभाउन आग्रह गरे । 

कक्षा १२ की छात्रा अमृता साहुले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यालयका संचालक सदस्य एवम् पूर्व प्रिन्सिपल विक्रम राज विष्ट, अंग्रेजी शिक्षक किरण सुवेदीले विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक प्रगतिको शुभकामना दिएका थिए । कक्षा ११ र १२ की इन्चार्ज नेपाली शिक्षक यमका सुवेदीले कार्यक्रम संचालन गरेकी थिइन् । त्यस अवसरमा विद्यार्थीहरुले नाचगान गरी रमाइलो समेत गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।